कांग्रेस केन्द्रीय समिति बैठक आज सकिने, निर्णय भोलि आउने
नेपालबहस संवाददाता
चैत १४, २०७८ सोमबार १८:५६:४१
१४ चैत, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि बैठक सुरु भएको कार्यालयका सचिव तथा सूचना अधिकारी केशव रिजालले जानकारी दिए ।
स्थानीय चुनाव अभियानअन्तर्गत जिल्लामा खटिएका प्रतिनिधिरूले शुक्रबार र आइतबारको बैठकमा आ–आफ्नो प्रतिवेदन बुझाइसकेका छन् । बाँकी केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी छ ।
आजको बैठकमा पदाधिकारीले धारणा राख्दैछन् । कांग्रेसमा १४ जना पदाधिकारी छन् । धारणा राख्ने अधिकांश र जिल्लाबाट आएका रिपोर्टमा कांग्रेसले आवश्यकताको आधारमा चुनावमा गठबन्धन गर्ने प्रस्ताव गरेका छन् ।
गत शुक्रबारदेखि सुरु भएको बैठक आज सकिने सम्भावना रहेको रिजालले बताए । उनका अनुसार पदाधिकारीले धारणा राख्ने क्रम सकिए बैठक आजै सकिनेछ । बैठक सकिए पनि निर्णय भने भोलि ९मंगलबार० मात्रै सार्वजनिक हुनेछ ।
बैठकले आगामी चुनावका लागि संसदीय समिति गठन गर्नुका साथै केही भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने रिजालले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार