नयाँ वर्षको अवसरमा प्रथम नागार्जुन रानीपाटी महोत्सव हुने
नेपालबहस संवाददाता
चैत १४, २०७८ सोमबार १९:१५:७
१४ चैत, काठमाडौं । नयाँ वर्ष २०७९ को अवसरमा रानीपाटी टोल सुधार उपभोक्ता समिति काठमाडौको आयोजना तथा संयुक्त नेपाल मेला महोत्सव गु्रपको व्यवस्थापनमा प्रथम नागार्जुन रानीपाटी महोत्सव-२०७८/७९ आयोजना हुने भएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी मेला गर्न लागेको महोत्सवका संयोजक शेखर श्रेष्ठले बताए ।
महोत्सवमा एक सयभन्दा बढी स्टल राखिने भएको जनाइएको छ । स्टलको साइजअनुसार न्यून शुल्क लिएर स्थानीय व्यापारीहरूलाई समेत स्टल उपलब्ध गराइने जनाइएको छ ।
महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरू, विभिन्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, कृषि औजारका सामग्रीको प्रदर्शनी, सांस्कृतिक, व्यापार तथा पर्यटकीय सामग्रीको प्रदर्शनी गरिने बताइएको छ ।
महोत्सवमा बिक्री हुने सामानहरुमा १० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था हुने छ । मनोरञ्जनको लागि महोत्सवमा बाल उद्यान, रोटे पिङ, ड्रागन, ब्रेक डान्स, नाउँ, सर्कस, बालबालिकाहरुको खेलौना, राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारहरुको हांस्यव्यंग्य तथा गीतगायनको प्रस्तुति रहने जनाइएको छ ।
नयाँ २०७९ को पूर्वसन्ध्या अर्थात् २८ चैतबाट सुरु हुने मेला १५ वैशाखमा सम्पन्न हुने छ । महोत्सवमा ललितपुर, भक्तपुर, काठमाडौँ, नुवाकोट आसपास जिल्लाका बासिन्दाले समेत लाभ लिन सक्ने विश्वास गरिएको छ ।
महोत्सवलाई व्यवस्थित बनाउन विद्यार्थीलाई ५० र अन्यका लागि ७० रुपैयाँ प्रवेश शुल्कको व्यवस्था गरिएको छ । वृद्धवृद्धाहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
सम्मेलनमा नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले महोत्सवले नागार्जुन नगरपालिकाको चिनारी बढ्नुका साथै स्थानीयहरुको उत्पादनमा थप बजार पाउने विश्वास व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभक्तपुरमा पाँचदिने महोत्सव हुने
कात्तिक २८, २०८१ बुधबार
आजदेखि राजविराज महोत्सव हुँदै
कात्तिक १५, २०८१ बिहिबार
पर्यटन प्रवर्द्धन गर्न बृहत् हतुवागढी महोत्सव
असोज ३०, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
मौद्रिक नीति समीक्षा सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक
मंसिर १२, २०८१ बुधबार
फापरखेतीप्रति किसानको आकर्षण घट्दै
मंसिर १२, २०८१ बुधबार
धरहराबाट उपत्यका नियाल्ने रहर
मंसिर १२, २०८१ बुधबार
थ्रेसर मेशिनको सहायताबाट धान चुट्दै किसान
मंसिर १२, २०८१ बुधबार
स्वास्थ्य टिप्स: रोग नियन्त्रण गर्न उपवासको यो विधि उत्तम हुन्छ ?
मंसिर १२, २०८१ बुधबार