विवेकशील साझाका अध्यक्ष मिश्रलाई कारबाही गर्ने असन्तुष्ट पक्षको तयारी
नेपालबहस संवाददाता
चैत १४, २०७८ सोमबार १९:३५:५
१४ चैत, काठमाडौं । विवेकशील साझा पार्टीको विवाद चुलिँदै गएपछि असन्तुष्ट पक्ष उग्र बनेको छ । अध्यक्ष रवीन्द्र मिश्रले २६ जनामाथि एकैपटक कारबाही गरेपछि पार्टीमा विवाद चुलिएको छ । असन्तुष्ट पक्षले मिश्रलाई नै कारबाही गर्ने गरी तयारी थालेको जनाएको छ ।
ललितपुरको बखुण्डोलमा रहेको विवेकशील शाझाको कार्यलयमा सोबार विहानै देखि भिडभाड बढेको छ । पार्टी कार्यालयमा मिलन पाण्डे नेतृत्वको असन्तुष्ट समूहले कारबाहीमा परेका २६ जनासहित ७५ जना नेताहरू भेला भएका छन् ।
असन्तुष्ट समूहले अग्रज नेता तथा जेष्ठ सदस्य भीमप्रसाद अधिकारीको अध्यक्षमातामा अहिले बैठक गरिहेका छन् । आइतबारको केन्द्रीय समिति बैठकमा २६ जनामाथिको कारबाही सदर भएपछि मिश्रले एकलौटी निर्णय गरेको भन्दै असन्तुष्ट समूहले मिश्रमाथि नै कारबाहीको माग गर्न थालेका हुन् ।
आइतबारको बैठकमा मिश्रका पछिल्ला गतिविधिमाथि कडा आलोचना भएको थियो । राप्रपासँग पार्टी एकीकरण गर्ने तथा कारबाहीको विषयमाथि प्रश्न उठेपछि मिश्रले ती विषयबारे बैठकको एजेन्डा नभएको बताएका थिए ।
सोमबार भने मिश्र पक्षकै नेताहरू पनि पर्याप्त कोरम पु¥याएर मिश्रमाथि कारबाही गर्ने पहलमा जुटेका छन् । मिश्र राजतन्त्रसँग नजिकिएको र आफूखुसी निर्णय गर्न थालेको भन्दै उनी निकट नेताहरू भेला भएका हुन् । केही नेताहरूले भने मिश्रलाई कारबाही गर्नमिल्ने कानुनी प्रावधानबारे बुझिरहेको नेता श्रेष्ठले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक
पुष ५, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
समय अपुगले दुई चरण मुद्दा दर्ताः जीवीसहित १९ जनाविरुद्ध आज, रविसहित अन्यको आइतबार
पुष ५, २०८१ शुक्रबार
कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही गर्ने
पुष ५, २०८१ शुक्रबार
पुस १३ गतेदेखि हेटौँडा सिमेन्ट उद्योगले उत्पादन थाल्ने
पुष ५, २०८१ शुक्रबार
सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ स्पेन्टागन
पुष ५, २०८१ शुक्रबार
इन्स्टाग्राममा नयाँ एआई उपकरणहरू आउँदै, अब भिडियोहरू तुरुन्तै परिवर्तन हुने
पुष ५, २०८१ शुक्रबार