राष्ट्रपति सहभागी न्यायिक सम्मेलन कांग्रेसद्वारा बहिष्कार
नेपालबहस संवाददाता
चैत १४, २०७८ सोमबार २०:२७:१६
१४ चैत, पोखरा । नेपाली कांग्रेसबाट निर्वाचित पोखरा महानगरपालिकाका जनप्रतिनिधिले न्यायिक समितिको राष्ट्रिय सम्मेलन बहिष्कार गरेका छन् । एकलौटी ढङ्गले कार्यक्रम गरेको र चुनावी फण्डा बनाएको भन्दै सोमबार पोखरामा सुरु भएको राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी राष्ट्रिय सम्मेलन कांग्रेसले बहिष्कार गरेको हो ।
महानगर कांग्रेस संसदीय दलका सचेतक रामराज लामिछानेले आफूहरूसँग सल्लाह नगरी कार्यक्रम तालिका तय गरेकोलगायत कारणले बहिष्कार गरेको बताए । ‘कार्यक्रमको सेड्युल एकपक्षीय भयो । पहिल्यै गर्नुपर्ने सम्मेलन चुनावको मुखमा गरिँदै छ,’ उनले भने ।
राष्ट्रपति भण्डारीले उद्घाटन गरेको सम्मेलनमा देशभरका न्यायिक समितिका दुई सय जनाभन्दा बढी प्रतिनिधि सहभागी छन् । तर, कांग्रेसले भने बहिष्कार गर्दै विरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सुपर चारको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई दियो ५५ रनको लक्ष्य
पुष ५, २०८१ शुक्रबार
समय अपुगले दुई चरण मुद्दा दर्ताः जीवीसहित १९ जनाविरुद्ध आज, रविसहित अन्यको आइतबार
पुष ५, २०८१ शुक्रबार
कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही गर्ने
पुष ५, २०८१ शुक्रबार
पुस १३ गतेदेखि हेटौँडा सिमेन्ट उद्योगले उत्पादन थाल्ने
पुष ५, २०८१ शुक्रबार
सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ स्पेन्टागन
पुष ५, २०८१ शुक्रबार