अहिलेको गठबन्धनलाई कायम राखेर माओवादीले चुनावमा रेकर्ड तोड्छः प्रचण्ड
नेपालबहस संवाददाता
चैत १४, २०७८ सोमबार २०:४५:३५
१४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा गठबन्धन कायमै राखेर माओवादीले नयाँ रेकर्ड कायम गर्ने बताए का छन् ।
उनले अहिले गठबन्धनमा रहेका दलहरु मिलेर जानुको विकल्प नभएको बताए । रोल्पामा निर्माण भएको भ्यु टावरको उद्घाटन गर्दै उनले रोल्पाले ध्वंशमा मात्र होइन, निर्माणमा पनि कीर्तिमान कायम गर्न सक्ने बताए ।
प्रचण्डले सशस्त्र विद्रोहका क्रममा आफूले आधार इलाकाहरुमा धेरै समय बिताएको बताए । सशस्त्र विद्रोहको पछिल्लो २ वर्ष आफूले रोल्पा रुकुममा बिताएको र १२ बुँदे समझदारी गर्न रोल्पाबाटै गएको प्रचण्डले उल्लेख गरे ।
उनले गतवर्ष प्रतिगमन भएर संविधानका परिवर्तन उल्टिने हो कि भन्ने लागेर गठबन्धन बनाएर सरकार बनाएको बताए । गठबन्धन टुटाउन धेरै चलखेल भइरहेको भन्दै उनले फेरि पनि हामी १२ बुँदेका सहयात्री दृढताको साथ गठबन्धन कायम राख्ने र निर्वाचनमा पनि रेकर्ड बनाएर जानुपर्छ भन्ने मान्यता रहेको बताए ।
प्रचण्डले अहिले रोल्पामा विकासका काम भइरहेको र रोल्पा राम्रो पर्यटकीय गन्तव्य बन्नसक्ने बताए । पर्यटनलाई प्रोत्साहन गर्ने र प्यूठानको स्वर्गद्वारीसँग जोड्न सक्ने हो भने रोल्पा राम्रो पर्यटकीय गन्तव्य बन्नसक्ने प्रचण्डको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक
पुष ५, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सुपर चारको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई दियो ५५ रनको लक्ष्य
पुष ५, २०८१ शुक्रबार
समय अपुगले दुई चरण मुद्दा दर्ताः जीवीसहित १९ जनाविरुद्ध आज, रविसहित अन्यको आइतबार
पुष ५, २०८१ शुक्रबार
कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही गर्ने
पुष ५, २०८१ शुक्रबार
पुस १३ गतेदेखि हेटौँडा सिमेन्ट उद्योगले उत्पादन थाल्ने
पुष ५, २०८१ शुक्रबार