देउवाको कोइरालालाई जवाफ, ‘हिजो गठबन्धन नगर्दा तपाई हार्नु भो, मैले पनि बालबाल जितेको हुँ’
नेपालबहस संवाददाता
चैत १४, २०७८ सोमबार २१:५४:३८
१४ चैत, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा र १४ औँ महाधिवेशनमा सभापतिमा प्रत्यासी डा शेखर कोइरालाबीच सवाल जवाफ भएको छ । शेखर कोइरालाले गठबन्धन किन, केका लागि गर्ने भन्दै प्रश्न उठाएर त्यसको जवाफ कार्यकतालार्य दिन भनेपछि देउवा सवाल जवाफमा उत्रिएका हुन् ।
नेता कोइरालाले चुनावी गठबन्धन किन र केका लागि भनेर प्रश्न उठाउँदै सभापतिले कार्यकर्ताको मनोवल गिराउने काम गरेको आरोप लगाएका थिए । “किन गर्ने र केका लागि गठबन्धन गर्ने ? रुष्ट कार्यकर्तालाई सम्बोधन नगरी कसरी अघि बढ्नुहुन्छ ?,” प्रश्न गर्दै शेखरको भनाइ थियो ।
कोइरालाले,“सभापतिले नै एमाले बलियो छ भनेपछि कार्यकर्ताको मनोबल कसरी माथि उठाउन सकिन्छ ?” अहिले सभापतिको प्रस्तुति कांग्रेसको नीति र सिद्धान्तलाई नै तिलाञ्जली दिएर स्वार्थमा लागेको देखिएको भन्दै प्रश्न उठाएका थिए ।
शेखरको प्रश्नपछि देउवाले अगाडि थपे, “अहिले माओवादीलाई बोक्यो भन्ने ? हिजो गठबन्धन नगर्दा तपाईंहरू पनि हार्नु भएको हैन ? म पनि बालबाल जितेको हुँ नि ।” उनले शेखरलाई हिजो पनि यसरी नै बोलेका कारण गठबन्धन नभएको आरोप लगाए । “हिजो पनि तपाईंहरूले यसरी नै बोलेर गठबन्धन बन्न नसकेको होइन ?,” देउवाले भने, “कांग्रेसको नीति सिद्धान्तका बारेमा मलाई नसिकाउनुस् । म कांग्रेसका लागि जीवन काटेको मान्छे हुँ ।”
शेखर बोलेलगत्तै गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँणले समय लिएका थिए । उनले गठबन्धन सरकार बन्ने बेलामा नै तीनवटै तहको निर्वाचनमा गठबन्धन गर्ने सहमति भएको भन्दै कांग्रेसलाई सहमतिबाट च्युत गराउने प्रयास नगर्न आग्रह गरेका थिए ।
“सरकार बन्ने बेलामै तीनै तहको चुनावमा गठबन्धन हुने भनिएको थियो । त्यो सहमति कांग्रेसले तोड्न हुँदैन,” खाँणले गठबन्धनका नाममा आफ्नो संगठन अलग–थलग पार्न पनि नहुँने बताए ।
खाँणले बोलिकसकेपछि सभापति देउवा आफैं शेखरलाई जवाफ दिन उत्रिएका थिए । “म कांग्रेसको सिद्धान्त कसरी तोड्छु ?”, देउवाले शेखरलाई प्रश्न गर्दै भने, “माओवादीलाई मैले ल्याएको हो ? हिजो गरिजाबाबुलाई प्रश्न गर्न सक्नुभयो ?।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सुपर चारको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई दियो ५५ रनको लक्ष्य
पुष ५, २०८१ शुक्रबार
समय अपुगले दुई चरण मुद्दा दर्ताः जीवीसहित १९ जनाविरुद्ध आज, रविसहित अन्यको आइतबार
पुष ५, २०८१ शुक्रबार
कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही गर्ने
पुष ५, २०८१ शुक्रबार
पुस १३ गतेदेखि हेटौँडा सिमेन्ट उद्योगले उत्पादन थाल्ने
पुष ५, २०८१ शुक्रबार