त्रिदेशीय अन्तर्राष्ट्रिय टी २० क्रिकेट : नेपालसँग पपुवा न्यु गिनी पराजित
नेपालबहस संवाददाता
चैत १४, २०७८ सोमबार २२:७:४७
१४ चैत, काठमाडौं । कप्तान सन्दीप लामिछानेको तीन विकेट प्रेरित नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको पहिलो खेलमा पपुवा न्यु गिनी ‘पिएनजी’लाई १५ रनले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको पिएनजीले १९ ओभर दुई बलमा सबै विकेट गुमाएर एक सय ६८ रन मात्र जोड्न सक्यो ।
पिएनजीका नोर्मान भानुआले सर्वाधिक ५२ रन बनाए । यस्तै, सेसे बाउले ३०, चार्ल्स एमिनीले २२, लेगा सिएकाले २१ र नोर्मान भानुआले १९ रन बनाए ।
पिएनजीविरुद्ध किफायती बलिङ गरेका सन्दीप र करण केसीले समान तीन विकेट लिए । सन्दीपले चार ओभर बलिङमा २२ रन खर्चिदा करणले ४४ रन खर्चिएका थिए । यसबाहेक अविनाश बोहराले दुई र सोमपाल कामीले एक विकेट लिए ।
लयमा देखिएका भानुआलाई १८।५ ओभरमा करणले पभेलियनको दिशा देखाएपछि नेपाल खेलमा फर्किएका थियो ।यसै ओभरको अन्तिम बलमा सिमोन अटाईको विकेट लिएपछि नेपालले जिततर्फ अग्रसर भएको थियो ।
जितसँगै नेपालले ट्वान्टी २० शृंखलामा सुखद् सुरुआत गरेको छ । शृंखलामा नेपाल, पिएनजी र मलेसिया सहभागी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
जनकपुरलाई काठमाडौंले दियो १०२ रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, पाँच खेलमा किंग्सको दोस्रो पराजय
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार