देउवाको केन्द्रीय समितिमा ब्रिफिङः ‘मेरो आइडोलोजीमा शंका नगर्नू, गठबन्धन नगरी हुँदैन’
नेपालबहस संवाददाता
चैत १४, २०७८ सोमबार २२:१०:५
१४ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको राजनीतिक अवस्था र सरकारको नेतृत्व गर्दा भएको सहमति अनुसार गठबन्धनमा जानुपर्ने बताएका छन् । उनले केन्द्रीय समितिको बैठकमा आफ्नो धारण राखने क्रममा कांग्रेस एक्लै चुनावमा जाँदा परिस्थिति विग्रने बताए ।
०७४ सालको संसदीय निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्दा थोरै ठाउँमा मात्र जित हासिल भएको भन्दै अबको चुनावमा गठबन्धन गरेरै जानुपर्नेमा उनले जोड दिए । कम्युनिष्टसँग अहिले गठबन्धन नगरी जाने निर्णय गर्दा भोली राजनीतिले अर्को मोड लिएको अवस्थामा कांग्रेसलाई चुनवा जित्न गाह्रो हुने देउवाको भनाई छ ।
केन्द्रीय कार्य समिति बैठकमा शेखर कोइरालासहितका केही नेताले गठबन्धनको विपक्षमा धारणा राखेपछि सभापति देउवाले गठबन्धन गरेर जाँदा नै सहज हुने बताएका हुन् । विगतमा माओवादीले आफूलाई समेत गोली हानेको प्रसंग निकाल्दै देउवाले पुराना कुरा भुलेर माओवादीसँग गठबन्धन गरेर नै अघि बढ्नुपर्ने बताए ।
उनले भने, ‘मेरो आइडोलोजीमा शंका नगर्नुहोस्, धेरै लडेको मान्छे हुँ, म अब फेरि पार्टी सभापति हुने होइन, अहिलेको अवस्था त हेर्नु प¥यो नि ।’ सभापति देउवाले आफ्नो सिद्धान्तमा शंका नगर्न केन्द्रीय सदस्यहरुलाई आग्रह गरे । उनले जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
“मेरो आइडियोलोजीमा शंका नगर्नुस्,” उनको भनाइ थियो, “म धेरै लडेको मान्छे हुँ । म अब पार्टी सभापति हुने होइन । तपाईंहरु जो जो हुने हो हुनुहोस्,” उनको भनाई थियो ।
“गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ यार ! गठबन्धन नगरेर हुन्छ ? गठबन्धन गरेर जाँदा हामी सबैले जित्छौँ भन्या । ए बाबा ! पहिला धेरै साथीहरु हारेका होइनन् र ? मलाई पनि माओवादीले गोली हानेकै हुन् नि ! पुराना कुरा सम्झेर हुन्छ र ? त्यसकारण गठबन्धन गरेर जाऔँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक
पुष ५, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ स्पेन्टागन
पुष ५, २०८१ शुक्रबार
इन्स्टाग्राममा नयाँ एआई उपकरणहरू आउँदै, अब भिडियोहरू तुरुन्तै परिवर्तन हुने
पुष ५, २०८१ शुक्रबार
सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक
पुष ५, २०८१ शुक्रबार
बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट
पुष ५, २०८१ शुक्रबार