विवेकशील साझाको असन्तुष्ट समूहले अध्यक्ष मिश्रसँग स्पष्टीकरण सोध्ने
नेपालबहस संवाददाता
चैत १४, २०७८ सोमबार २२:३४:२०
१४ चैत, काठमाडौं । विवेकशील साझा पार्टीको असन्तुष्ट पक्षले पार्टी अध्यक्ष रवीन्द्र मिश्रलाई निस्कासन किन नगर्ने भनेर ३ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
जेष्ठ सदस्य भीम अधिकारीको नेतृत्वमा सोमबार बसेको बैठकले पार्टीको हित विपरित गरेकाले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । आइतबार केन्द्रीय समिति बैठकमा मिश्रले प्रदेश संयोजकहरु तोक्नुका साथै २६ जना केन्द्रीय सदस्यलाई निष्कासन गर्ने निर्णय सुनाएका थिए ।
मिश्रले एकलौटी रुपमा पार्टी चलाएको भन्दै असन्तष्ट समूहले सोमबार बैठक बोलायो, जसमा भौतिक र भर्चुअल गरी बहुमत (९० भन्दा बढी) सहभागी भएको दाबी छ । केन्द्रीय सदस्य सस्मित पोखरेलका अनुसार बैठकले आइतबार केन्द्रीय स्मितिको बैठकमा अध्यक्ष मिश्रले एकलौटी रुपमा गरेको भनिएको निर्णय अस्वीकार गर्ने निर्णय गरेको छ ।
पार्टी विधानको धारा ७१ बमोजिम अध्यक्ष पदबाट निष्कासन किन नगर्ने भनेर राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १८ बमोजिम स्पष्टीकरण सोधिने निर्णय गरिएको हो । असन्तुष्ट पक्षको बैठकको निर्णयमा भनिएको छ, ‘अध्यक्ष रवीन्द्र मिश्रलाई ३ दिन भित्रमा स्पष्टीकरण पेस गर्न निर्देशन गरिने निर्णय गरियो ।’
स्पष्टीकरण प्राप्त भएर वैधानिक कारबाही नहुँदासम्म मिश्रलाई पार्टीको बैठक आह्वान गर्न रोक लगाउने निर्णय पनि असन्तुष्ट समूहको बैठकले गरेको छ । चारबुँदे निर्णय लिएर असन्तुष्ट समूहका नेताहरु सोमबार नै निर्वाचन आयोग पुगेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक
पुष ५, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
समय अपुगले दुई चरण मुद्दा दर्ताः जीवीसहित १९ जनाविरुद्ध आज, रविसहित अन्यको आइतबार
पुष ५, २०८१ शुक्रबार
कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही गर्ने
पुष ५, २०८१ शुक्रबार
पुस १३ गतेदेखि हेटौँडा सिमेन्ट उद्योगले उत्पादन थाल्ने
पुष ५, २०८१ शुक्रबार
सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ स्पेन्टागन
पुष ५, २०८१ शुक्रबार
इन्स्टाग्राममा नयाँ एआई उपकरणहरू आउँदै, अब भिडियोहरू तुरुन्तै परिवर्तन हुने
पुष ५, २०८१ शुक्रबार