चुनावी गठबन्धनबारे विश्वप्रकाश र गगनबीच कुरा मिलेन
नेपालबहस संवाददाता
चैत १४, २०७८ सोमबार २२:४८:४५
१४ चैत, काठमाडौं । नोपली कांग्रेसको केन्द्रीय समिति बैठकमा चुनावी गठबन्धनमा जान हुने र नहुनेबीच बहस भइरहेका बेला महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाको मत पनि बाझिएको छ ।
बैठकमा महामन्त्री थापाले चुनावमा गठबन्धन गर्न नहुने अडान राख्दा विश्वप्रकाशले आवश्यकताका आधारमा गठबन्धन गर्नुपर्ने बताएका छन् । बैठकमा महामन्त्री थापाले गठबन्धन गरेर नभई कांग्रेस एक्लै चुनावमा जानु पर्ने मत राखे । थापाले लाखौँ मतदाता नयाँ थपिएकाले पहिलो पटक नै अन्य चिह्नमा भोट हाल्न लगाउँदा उनीहरूलाई कांग्रेस बनाइराख्न गाह्रो हुने उदाहरण पेस गरे ।
’अहिले लाखौँ मतदाता नयाँ छन् । तीनलाई पहिलोपल्ट अन्य चिह्नमा भोट हाल्न लगाउँदा भोलि कांग्रेस बनाउन सकिन्छ त ?,’ उनले भने । महामन्त्री थापाले कम्युनिस्टबाट लोकतन्त्रमा खतरा छ भन्ने र कम्युनिस्टलाई मिल्न नदिएर लोकतन्त्र बचायौं भनेर जाने हो भन्ने प्रश्न पनि गरेका थिए ।
बैठकमा आफ्ना धारणा राख्दै अर्का महामन्त्री शर्माले अघिल्लो निर्वाचनको तथ्यांक प्रस्तुत गर्दै गठबन्धन कायम राख्नु पर्ने बताए । उनले केही निर्वाचन क्षेत्रमा कांग्रेस एक्लै बलियो देखिए पनि केही ठाउँमा कमजोर रहेकाले गठबन्धन आवश्यकता अनुसार गर्नुपर्ने बताए ।
’हामी कतै एक्लै बलियो अवस्थामा छौँ । तर, केही ठाउँको स्थिति हेर्ने हो भने निकै कमजोर छौँ । त्यसैले गठबन्धन आवश्यकता अनुसार गर्नुपर्छ,’ उनले भने । कांग्रेस बैठकमा गठबन्धन गर्ने कि एक्लै चुनावमा जाने भन्ने विषयमा नेताहरूबीच जुहारीसमेत चलेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक
पुष ५, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सुपर चारको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई दियो ५५ रनको लक्ष्य
पुष ५, २०८१ शुक्रबार
समय अपुगले दुई चरण मुद्दा दर्ताः जीवीसहित १९ जनाविरुद्ध आज, रविसहित अन्यको आइतबार
पुष ५, २०८१ शुक्रबार
कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही गर्ने
पुष ५, २०८१ शुक्रबार
पुस १३ गतेदेखि हेटौँडा सिमेन्ट उद्योगले उत्पादन थाल्ने
पुष ५, २०८१ शुक्रबार
सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ स्पेन्टागन
पुष ५, २०८१ शुक्रबार