कोइराला समूहलाई बेवास्ता गरिए देशभर खबदारी अभियान चलाउँछौँः रञ्जित कर्ण
नेपालबहस संवाददाता
चैत १४, २०७८ सोमबार २३:३८:९
१४ चैत, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता रञ्जित कर्णले पार्टीभित्र भइरहेको एकाधिकारवादी चरित्रको अन्य हुनुपर्ने भन्दै अहिले कांग्रेसभित्रका एकलौटी निर्णयको कडा आलोचना गरेका छन् ।
उनले कोइराला समूहले पार्टीभित्र भागभण्डा नखोजेको तर पार्टीका हरेक निर्णयमा कोइराला समूहको सम्मानजनक र सहअस्तित्वका साथ सहभागीता हुनुपर्ने बताएका छन् ।
सोमबार कोइराला समूहले काठमाडौंमा आयोजना गरेको खबरदारी भेलामा बोल्दै कर्णले खबरदारी भेला आयोजना गरिए पनि सभापति देउवालाई सच्चिने समय दिएर अहिलेलाई केहिदिन पर्खने बतामए ।
कांग्रेसको १४ औँ महाधिवेशनबाट नेपाली काँग्रेसको सभापतिमा निर्वाचित भइसकेपछि देउवाले कोइरालालाई पुर्ण बेवास्था गर्दै अगाडि बढ्न खोजेको उनको भनाई छ ।
उनले हिजो आफु नेविसंघको सभापति हुँदा तदर्थ समिति निर्माण गर्दा वर्तमान सभापति शेरवहादुर देउवा पक्षधरका साथिहरुको सम्मानजनक उपस्थिति भएन भन्दै संघर्ष गर्दा सुशील कोइरालाले संख्या थपेको उदाहरण दिए ।
कर्णले आज शेरवहादुर देउवालाई हामीले अन्याय भयो भनेर खबरदारि गर्नु काँग्रेसका लागि दुर्भाग्य भएको बताए । पार्टीभित्र ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको म्यान्डेट पाएको कोइराला समुूलाई बेवास्ता गरेर फरक पार्टीसँग गठबन्धन गरेर चुनावमा जित निकाल्ने सभापति मानसिकता नै गलत भएको नेता कर्णले बताए ।
उनले पार्टीभित्रको ठुलो समुूलाई मिलाउन नसक्ने तर फरक पार्टीसँग सहकार्य गर्छु भनेर हिडेका पार्टी सभापतिले कांग्रेसलाई कता लान खाजेको भन्दै पश्न गरे ।
नेता कर्णले पार्टीभित्रका हरेक निर्णयमा र भातृसंगठन गठन प्रक्रियामा एकाधिकार लाद्न खोजेको आरोप लगाउँदै खबरदारी देशभर सञ्चालन गरिने बताए । उनले कोइराला समूहलाई अन्याय मात्रै गरिराख्ने र एउटा गुटको सभापति बन्ने सोच भए त्यसको खबरदारी गर्ने र सभापति देउवाले गरेका हरेक निर्णयका बिरुद्धमा अभियान चलाइने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक
पुष ५, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सुपर चारको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई दियो ५५ रनको लक्ष्य
पुष ५, २०८१ शुक्रबार
समय अपुगले दुई चरण मुद्दा दर्ताः जीवीसहित १९ जनाविरुद्ध आज, रविसहित अन्यको आइतबार
पुष ५, २०८१ शुक्रबार
कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही गर्ने
पुष ५, २०८१ शुक्रबार
पुस १३ गतेदेखि हेटौँडा सिमेन्ट उद्योगले उत्पादन थाल्ने
पुष ५, २०८१ शुक्रबार
सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ स्पेन्टागन
पुष ५, २०८१ शुक्रबार