निर्वाचन राजनीतिक पार्टीहरूका लागी अग्नि परीक्षाः सभामुख
नेपालबहस संवाददाता
चैत १४, २०७८ मंगलबार ३:३९:३०
१४ चैत, सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले अबको निर्वाचन सबै राजनीतिक पार्टीका लागी ठूलो अग्नि परीक्षा हुने बताएका छन् । निर्वाचन भनेको सामान्य टिकट ढ्वाङमा खसाल्ने मात्रै नभएर ठूलो जनमत सङ्ग्रह र अग्रगमनको पक्षमा भएको सापकोटाको भनाइ छ ।
सोमबार चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालय सिन्धुपाल्चोकको अभिभावक भेला तथा पूर्व विद्यार्थी पुनर्मिलन समारोहमा सम्बोधन गर्दै सभामुख सापकोटाले निर्वाचनबाट सक्षम, इमान्दार, जीवन जगतलाई परिवर्तन गर्न सक्ने प्रतिनिधि छान्न सक्नुपर्ने बताए । जस्तोसुकै कठिनाइमा सामान गर्ने सामर्थे भएको प्रतिनिधि छान्न आग्रहसमेत गरे ।
यस्तै सभामुख सापकोटाले नेपालमा प्रतिगमन अझै परास्त नभइसकेको बताए । केही प्रतिगामी पक्षको लागि आगामी निर्वाचन अग्निपरीक्षा हुने सापकोटाले बताए । आगामी स्थानीय तह निर्वाचनले प्रतिगामी तत्त्वहरूलाई परास्त गर्ने उनले बताए ।
आफ्नै गाउँको सेतीदेवी पञ्चकन्या माद्यामिक विद्यालयको अभिभावक भेलालाई सम्बोधन गर्ने क्रममा उनले नेपाली जनता संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा भएकोले अलोकतान्त्रिक पक्षहरू छिटै परास्त हुने बताएका हुन् ।
यस्तै सभामुख सापकोटाले आजै चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ४ र ८ जोड्ने तिप्लीङ खोलाको पुलसमेत उद्घाटन गरेका छन् । २ करोड ६० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको सो पुल आज उद्घाटन गरिएको हो ।
पुल निर्माण भएपछि जिल्ला सदरमुकाम चौताराबाट कुविण्डे हुँदै बलेफी जाने यात्रुलाई सहज हुनेछ भने कुविण्डेका किसानलाई घर र खेत ओहोरदोहोर गर्नसमेत सजिलो हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक
पुष ५, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सुपर चारको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई दियो ५५ रनको लक्ष्य
पुष ५, २०८१ शुक्रबार
समय अपुगले दुई चरण मुद्दा दर्ताः जीवीसहित १९ जनाविरुद्ध आज, रविसहित अन्यको आइतबार
पुष ५, २०८१ शुक्रबार
कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही गर्ने
पुष ५, २०८१ शुक्रबार
पुस १३ गतेदेखि हेटौँडा सिमेन्ट उद्योगले उत्पादन थाल्ने
पुष ५, २०८१ शुक्रबार