कसरी पाए गृहमन्त्रीले ‘शक्तिकेन्द्रहरु’ कम्युनिस्ट मिलाउन सक्रिय रहेको सूचना ?
नेपालबहस संवाददाता
चैत १५, २०७८ मंगलबार १३:३३:५३
१५ चैत, काठमाडौं । गृहमन्त्री समेत रहका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले शक्तिकेन्द्रहरूले कम्युनिस्टहरूलाई मिलाउन खोजिरहेको सूचना प्राप्त भएको बताएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका भएका भेटवार्ताका क्रममै यस्ता सूचनाहरु चुहेको हुनुपर्छ ।
नेपाल भ्रमणमा रहँदा विदेशमन्त्री यीले खाणको आशंकालाई बल पुर्याउने भेटवार्ता गरेका थिए । उनले नेपालका दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षहरुसँग भेटवार्ता गरेका थिए । एमालेबाट फुटेर बनेको अर्को वामपन्थी पार्टी एकीकृत समाजवादीसँग भने यीले भेटवार्ता गरेनन् ।
नेकपामा नेताहरुबीच चर्को बिवाद परिरहँदा पनि चीनले फुटबाट जोगाउन सक्रियता जनाएको थियो । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले धेरै पटक नेकपाका तत्कालीन अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ सहित वरिष्ठ नेता माधव कुमारसँग भेटवार्ता गरेर एकीकृत कम्युनिस्ट पार्टीको पक्षमा चीन रहेको सन्देश दिएको समाचारहरु सार्वजनिक भएका थिए ।
यद्दपि नेकपाको एकतालाई अदालतले भंग गरिदिएको थियो । जसका कारण सत्ताको नेतृत्व कांग्रेसको हातमा पुग्यो । चीनले भारत र अमेरिकाको पक्षमा लाग्ने ठानेको कांग्रस पुनः निर्वाचनमार्फत सत्तामा पुग्ने आकलनका बीच चिनियाँ विदेशमन्त्रीले दुई पार्टीलाई मिल्न आग्रह गरेको समाचारहरु बाहिरिएका छन् तर यसको स्वतन्त्र पुष्टि भने भएको छैन । यसबारे नेताहरुले कुनै प्रतिक्रिया सार्वजनिक गरेका छैनन् ।
तर, देशका गृहमन्त्रीले पाएको सूचनालाई नजरअन्दाज भने गर्न मिल्दैन । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा गृहमन्त्री खाणले स्थानीय तहको निर्वाचनमा कम्युनिस्टहरुलाई एक हुन नदिन पनि कांग्रेसले गठबन्धन गर्नु पर्ने तर्क सार्दै शक्तिकेन्द्रको ’त्रास’ केन्द्रीय नेताहरुलाई देखाएका छन् ।
बैठकमा उनले भनेका थिए ’शक्ति केन्द्रहरुले कम्युनिस्टहरुलाई मिलाउन खोजिरहेको सूचना छ । गठबन्धनबारे हामीले सचेत भएर कदम चाल्नुपर्छ । चुनावको नतिजा आफ्नो पक्षमा बनाउने गरी तयारी गरौं । अहिले झगडा गर्नुपर्ने आवश्यक छैन ।’
त्यस्तै आशय उपसभापति धनराज गुरुङले बैठकमा व्यक्त गरेका थिए । उनले नेपालका कम्युनिस्ट नेताहरु उत्तरतिर गइरहेकोले वाम पार्टीहरुबीच गठबन्धन हुन सक्ने आशंका व्यक्त गरे ।
एमालेका उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको चार सदस्यीय प्रतिनिधिमण्डल चीनको चारदिने भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएको थियो । चीनको कुन्मिङमा आयोजित एक कार्यक्रममा सहभागी हुन उक्त टोली चीन गएको बताइएको थियो ।
त्यस्तै नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि केही समय अघि उपचारका क्रममा रहँदा चिनियाँ नेताहरुसँगको बाक्लो भेटवार्ता गरेका थिए । त्यसप्रति लक्षित गर्दै गुरुङले नेपाली कम्युनिस्ट नेताहरु उत्तरतिर गएको विषयलाई नजिकबाट नियाल्नुपर्ने बताएका थिए । उनले उत्तर तिर गइरहेका कम्युनिस्ट नेता मिले चुनावी अवस्था कस्तो होला भन्दै प्रश्न गरेका थिए ।
केही समय अघि स्थानीय तहको चुनाव नजिकिँदै गर्दा वाम गठबन्धन बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्षमाथि दबाव रहेको उक्त पार्टीका नेता हरिबोल गजुरेलले बताएको बीबीसी नेपालीले उल्लेख गरेको थियो । तर उनले कसले र कस्तो खालको दबाब भन्नेबारे भने खुलाएका थिएनन् ।
कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालेसमेत वामपन्थी पार्टीहरु मिल्न सक्ने खतरा औंल्याउने गरेका छन् । उनले कांग्रेस नेताहरुसँग गत निर्वाचनमा जस्तै अप्रत्याशित रुपमा कम्युनिस्टहरु मिल्न सक्ने खतरा देखाइरहेका छन् र त्यसलाई रोक्नलागि भए पनि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको गठबन्धनलाई चुनावसम्म निरन्तरता दिनु पर्ने पक्षमा उनी छन् ।
करिब तीन वर्ष एकै पार्टी भएको र फुटेर जाँदा वामपन्थी पार्टीको शक्ति निकै कमजोर हुने भएकाले एकै विचारका लागि तीन फरक पार्टी नचाहिने बहस भइरहेको बेला कम्युनिस्ट पार्टीहरुबीच गठबन्धन हुन सक्ने सम्भावनालाई पूर्ण रुपमा वेवास्ता गर्न देउवापक्ष तयार देखिएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअस्पष्ट तस्वीरमा रास्वपाको प्रोपोगान्डा, के हो वास्तविकता ?
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महिला यु–१९ एसिया कप : वर्षाले नेपाल र श्रीलङ्काबीचको खेल अवरुद्ध
पुष ४, २०८१ बिहिबार
टस जितेर कर्णालीविरुद्ध बलिङ गर्दै जनकपुर
पुष ४, २०८१ बिहिबार
विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
पाँचपोखरीमा बृहत् स्वास्थ शिविर सम्पन्न
पुष ४, २०८१ बिहिबार
राप्ती नदीमा निर्माणाधीन पुल
पुष ४, २०८१ बिहिबार