मेक्सिकोमा गोली हानेर २० जनाको हत्या
नेपालबहस संवाददाता
चैत १५, २०७८ मंगलबार १३:१६:२४
१५ चैत एजेन्सी । मध्यमेक्सिकोमा गोली हानेर २० जनाको हत्या भएको छ ।
आइतबार स्थानीय समय अनुसार बिहान साढे १० बजेतिर मिचोआकन राज्यको लास टिनाजस शहरमा आयोजित एक उत्सवमा सहभागीहरुमाथि गोली चल्दा २० जनाको मृत्यु भएको हो । घटनास्थलबाट १६ पुरुष र ३ महिला गरी १९ जनाको शव संकलन गरिएको थियो । एकजनाको भने अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । अस्पतालमा ६ जनाको उपचार जारी रहेको सीबीएस न्यूजले जनाएको छ ।
मिचोआकनको सार्वजनिक सुरक्षा सचिवको कार्यालयले हत्याको कारण नखुलेको र अनुसन्धान जारी रहेको जनाएको छ । मिचोआकन र त्यसको छिमेकी गुआनाजुआतो मेक्सिकोको सबैभन्दा बढी हिंसा हुने क्षेत्रको रुपमा चिनिन्छन् । लागू औषध कारोबार र अन्य अवैध गतिविधिका कारण विभिन्न समूहबीच झडप हुने गर्दछ । गत महिनामात्रै मिचोआकनमा भएको एक आक्रमणमा १७ जनाको मृत्यु भएको थियो ।
मिचोआकान विश्वमा सबैभन्दा बढी एभोकाडो उत्पादन हुने क्षेत्रको रुपमा पनि चिनिन्छ । गत महिना त्यहाँ कार्यरत एक जना अमेरिकी निरीक्षकमाथि सुरक्षा खतरा आएको भन्दै अमेरिकाले एभोकाडो निर्यातमा रोक लगाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोभिडसम्बन्धी जानकारी ‘केही नलुकाई’ साझा गरेको चीनको दाबी
पुष १६, २०८१ मंगलबार
जापानमा भारी हिमपात हुँदा दर्जनौँ उडान रद्द
पुष १६, २०८१ मंगलबार
ओलम्पिक, उथलपुथल र ट्रम्पको वर्षपछि विश्वले सन् २०२५ लाई स्वागत गर्दै
पुष १६, २०८१ मंगलबार
जैविक मल बनाएर २५ रुपैयाँ केजीमा बेच्दै विनयी त्रिवेणी गाउँपालिका
पुष १७, २०८१ बुधबार
म्याग्दीमा धान र कोदोको उत्पादन बढ्यो
पुष १७, २०८१ बुधबार
सर्लाहीमा बसले थिच्दा ड्युटीमा रहेका सशस्त्र इन्स्पेक्टरको मृत्यु
पुष १७, २०८१ बुधबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १७, २०८१ बुधबार
तराईमा हुस्सु, अन्य ठाउँको मौसम कस्तो रहला ?
पुष १७, २०८१ बुधबार
आज १२ औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै
पुष १७, २०८१ बुधबार