सेनासहित १५० सुरक्षाकर्मीको निगरानीमा मतपत्र छापिने
नेपालबहस संवाददाता
चैत १५, २०७८ मंगलबार १५:५:४७
१५ चैत, काठमाडौं । ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्रले नेपाली सेनासहित सुरक्षाकर्मीको निगरानीमा मतपत्र छाप्ने भएको छ ।
निर्वाचन आयोगले १७ चैतमा नमुना मतपत्र र त्यसपछि २ करोड थान मतपत्र छाप्ने निर्णय गरेसँगै जनक शिक्षाले पनि चाँजोपाँजो मिलाएको हो । जनक शिक्षाका सूचना अधिकारी चित्रकुमार आचार्यका अनुसार मतपत्र छपाइ स्थलमा नेपाली सेनाको टोली आज आउँदैछ ।
‘नेपाली सेनासहित १५० जना सुरक्षाकर्मीको निगरानीमा मतपत्र छपाइ हुनेछ, आयोगबाट निर्देशन आए लगत्तै हामी मतपत्र छपाइको काम थाल्नेछौं,’ आचार्यले भने, ‘त्यसका लागि सेनाको टोली आज आउँदैछ । सेनाले मतपत्र छपाइ स्थलको सुरक्षा प्रबन्ध मिलाउनेछ ।’
उनका अनुसार मतपत्र छपाइस्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको तीन घेरामा सुरक्षा तैनाथ हुनेछ । प्रवेश स्थलमा सेनाले जाँच गर्नेछ । हाल जनक शिक्षामा कायम सीसिटिभी क्यामेरा पनि थप हुनेछ । तर, कहाँ–कहाँ सीसिटिभी क्यामेरा थप गर्ने भनेर सेनाले निक्र्याैल गर्ने उनले बताए ।
उनका अनुसार २ करोड मतपत्र छाप्न ९ वटा मेसिन तयारी अवस्थामा राखिएको छ । निर्वाचन आयोगको निर्देशनअनुसार अगाडि बढ्ने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार