सुन तस्करीको आशंकामा निलम गहना पसलका साहु सागर शाक्यमाथि सीआईबी र सम्पत्ति शुद्धिकरण विभागको आँखा

नेपालबहस संवाददाता
चैत १५, २०७८ मंगलबार १७:२४:३१

१५ चैत, काठमाडौं । सुन तस्करी गरेकाे आशंकामा न्यूरोडस्थित निलम गहना पसलका सञ्चालक सागर शाक्यमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबी र सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान तथा निगरानी थालेको समाचार छ ।
‘आफूले हानेको तिर आफैँतिर’ भनेजस्तो आफ्नै साझेदार रहेका भारतीय नागरिक नरेश बर्मासँग खरिद गरेको सुन, सुन पसलमा उसले गरेको लगानी र मुनाफाको हिसाबकिताब लामो समयदेखि गर्न आनाकानी गरी उल्टै सम्पूर्ण नाफासहितको लगानी एक्लै ‘क्वापल्याक्कै’ पार्न खोजेपछि साझेदारबीचको लगानी विवाद सडकमा छताछुल्ल भएपछि दुई सरकारी निकायको ध्यान आकर्षित भएको हो ।
आफूले पाउनु पर्ने झण्डै साढे १२ करोड रकम नेपाली साझेदारले हिसाब दिन नखोजेपछि भारतीय साझेदार नरेश बर्मा भारतीय दूतावास गुहार्न पुगेका थिए । दूतावासकै समन्वयमा केन्द्रीय अनुसन्धान व्यूरोमा पुगेको सुनमा लगानी विवाद एकसाता भित्र मिलाउने सहमति सीआईबीमा भएको थियो ।
सीआईबीमा छलफल गर्न पुग्दा निलम गहना पसलका नेपाली सञ्चालक सागर शाक्य र भारतीय साझेदार नरेश वर्मासँगसँगै मिडीयटरका रुपमा सुनचाँदी व्यापार संघका अध्यक्ष मणिकरत्न शाक्य र सुरेश शाक्य पनि थिए । मिडीयटरद्धय शाक्यले एकसाता भित्र अडिट गरिसक्ने र दुई पक्षबीच लेनदेन विवाद टुंग्याएर उनीहरुबीच समुधर सम्बन्धका साथ मिलापत्र गराउने प्रतिज्ञा सीआईबीमा गरेका थिए ।
तर, धन भनेपछि महादेवको पनि तेस्रो नेत्र खुल्छ भनेझैं भारतीय साझेदारले आफूले पाउनु पर्ने साढे १२ करोडको दावीसहितको प्रमाण प्रस्तुत गरिरँहदा नेपाली साझेदार सागर शाक्यले भने दुई करोड मात्र दिने अडान राखेका थिए । लगानीका सन्दर्भमा दुई पक्षबीच आआफ्नै अडान कायम रहिरहँदा मिडीयटरको जिम्मेवारी निभाउने प्रतिबद्धता जाहेर गरेका शाक्यद्धयले भने नेपाली साझेदार सागर शाक्यको प्रभावमा परेर ‘लगानी मौखिक सहमतिमा भएकाले मौखिक रुपमै मिल्नु पर्ने’ भन्दै भारतीय साझेदारलाई दवाव दिएका थिए ।
गत आईतबार दिनभर मिलापत्रका सन्दर्भमा छलफल भएता पनि दुई करोडबाट माथि जान सागर शाक्यले इन्कार गरेपछि वार्ता अलपत्र परेको हो । समाचार स्रोतका अनुसार बरु साझेदारलाई दिन तयार भएको दुई करोड रुपैया बाह्य व्यक्तिलाई खर्च गर्ने तर, भारतीय साझेदारलाई धम्की दिएर काठमाडौंबाट लखट्ने योजनामा सागर शाक्य रहेको बताइन्छ ।
उता, सुनको लगानीमाथि साझेदार(साझेदार बीच विवाद चलिरहँदा सम्पत्ति शुद्धिकरण विभागले निलम गहना पसल र त्यसका नेपाली सञ्चालकमाथि निगरानी बढाएको स्रोतले जानकारी दिएको छ । सम्पत्ति शुद्धिकरण विभागले सागर शाक्यसँग सुन पसलमा भएको लगानीका बारेमा सोधपुछ एवम् छानविनका लागि डाक्ने तयारी गरिरहेको बुझिएको छ भने यसअघि अवैध सुनको कारोबारमाथि ढोल बजाएर हात्ती लखटेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पनि उक्त पसलको सुन खरिदबिक्रीको हिसाबकिताब हेर्ने तयारी गरिरहेको छ । यदि खरिदबिक्रीको विवरण नमिलेको खण्डमा अवैध सुन खरिद गरेको आरोपमा पक्राउ गरेर अनुसन्धान गर्ने अवस्था पनि आउन सक्ने बताइएको छ ।
यता, निलम गहना पसलमा लगानीकर्ता बीचको आर्थिक विवाद सडकमा आएपछि आज दिनभरी न्यूरोडका सुन पसलमा त्यही चर्चा मात्र भइरहेको देखिन्थ्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार