रुकुमकोटमा खानेपानीको समस्या बढ्दै
नेपालबहस संवाददाता
चैत १५, २०७८ मंगलबार १७:३२:१
१५ चैत, रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ मा खानेपानीको समस्या देखिएको छ । खडेरी सुरु भएसँगै सिस्ने–५ मा खानेपानीको चरम समस्या देखिएको हो । सदरमुकामसमेत रहेको गाउँ यहाँको बढ्दो जनसङ्ख्या र पानीको अन्य स्रोत नहुँदा खानेपानीको समस्या बढ्दै जान थालेको हो । हरेक वर्षको यसै समयमा सिस्ने–५ को टाकुरा र बाहुनठानामा खानेपानीको समस्या देखिने गरेको छ ।
अहिले पनि दुई साता बढी समयदेखि टाकुरा र बाहुनठानामा खानेपानीको समस्या भइरहेको नागरिकले बताएका छन् । कहिले धारामा पानी नझर्ने र कहिले एक–आधा घण्टामात्र धारामा पानी झर्दा पिउन तथा पानीसँग जोडिएका दैनिक कामकाज गर्न समस्या भइरहेको सिस्ने गाउँपालिका–५ टाकुराका विकास बिसीले गुनासो गरे । धारामा पानी नझर्दा गाग्रीमा पिउने पानीसमेत नहुने बिसीले बताए ।
यस्तै काजिन्द्रामा बिएलबी होटल सञ्चालन गर्दै आउनुभएका विनोद केसीले पनि धारामा पानी नझर्दा समस्या हुने गरेको बताए । एक सातायता धारामा पानी अनियमित हुँदा हाहाकार मच्चिएको केसीले बताए । पानी नभएकै कारण होटलमा आउने मान्छेलाई रोक्नुपर्ने अवस्था आइसकेको केसीले बताए ।
अहिले सिस्ने–५ मा तीनवटा मुहानबाट पानी आइरहेको छ । मुहानमा पानी सुकेकै कारण धारामा पानी अनियमित हुने गरेको रुकुमकोट खानेपानीका प्राविधिक सुन्दर शाहले बताए । उनका अनुसार अहिले सिस्ने–५ मा रासु छहरा, तुरतुरे धारा र ठाराखोलाको मुहानबाट पानी आइरहेको छ । मुहानमा पानी सुकेको तथा प्राविधिकले पनि फिल्टर सफा नगरेको र पालो नमिलाएका कारण यो समस्या आएको उनले बताए ।
अब भने समस्या समाधानका लागि पालो मिलाएर पानी वितरण गरिने भएको छ । प्राविधिक शाहका अनुसार टाकुराको थापाटोलमा बिहान ६ देखि ८ बजेसम्म, चोकबजार टोलमा ८ देखि १० बजेसम्म र बाहुनठाना टोलमा ८ देखि ९ बजेसम्म पानी छाडिने छ । साँझ भने यी सबै ठाउँमा ३ देखि ६ बजेसम्म पानी छाडिने शाहले बताए ।
सिस्ने–५ का वडाध्यक्ष शान्तेबहादुर विकले भने खानेपानीमा देखिएको यो समस्यालाई तत्काल समाधान गर्न अर्को वैकल्पिक मुहानबाट पानी ल्याउन लागेको बताए । केही दिनमै खानेपानीमा देखिएको समस्या समाधान हुने वडाध्यक्ष विकले बताए। समस्याको दीर्घकालीन समाधान भने थाक्नाखोलाको खानेपानी आयोजना निर्माण भयो भने हुने उाको भनाइ छ । थाक्नाखोला खानेपानी आयोजना करिब रु पाँच करोडको लागतमा निर्माण हुन लागेको छ ।
१८ हजार बढी बालबालिबालाई टाइफाइडविरुद्धको खोप लागाइँदै
रुकुमपूर्वमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । यही चैत २५ गतेदेखि टाइफाइडविरुद्धको खोप लगाउने देशव्यापी अभियानअन्तर्गत जिल्लाका यी उमेर समूहका सबैलाई खोप लगाइने भएको हो । यो उमेर समूहका बालालिका टाइफाइडबाट बढी प्रभावित भएकाले बालबालिकालाई लक्ष्य गरी नेपाल सरकारले नै खोप अभियान सञ्चालन गर्न लागेको हो ।
रुकुमपूर्वमा १५ महिनादेखि १५ वर्ष उमेर समूहका १८ हजार ४१८ बालबालिका रहेको स्वास्थ्य कार्यालय रुकुमपूर्वका सूचना अधिकारी एवं ल्याब टेक्निसिएन निरीक्षक नीमप्रसाद गिरीले जानकारी दिए । उनका अनुसार उक्त उमेर समूहका बालबालिकाको सङ्ख्या लुम्बिनी प्रदेशमा करिब १० लाख ५२ हजार र देशभर करिब ७५ लाखको हारहारीमा रहेको छ । यो अभियान देशव्यापीरूपमा चैत २५ देखि वैशाख १८ गतेसम्म चल्ने छ ।
स्वास्थ्य कार्यालय रुकुमपूर्वले टाइफाइडविरुद्धको अभियान जिल्लामा कसरी सञ्चालन गर्ने भनेर कार्ययोजना निर्माण गर्नका लागि जिल्लास्तरी अभिमुखीकरण गोष्ठीको आयोजना गरेको छ । गोष्ठीमा जिल्लास्थित सबै गाउँपालिकाका शिक्षा शाखा प्रमुख, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख र उपप्रमुख, सबै स्वास्थ्य कार्यालयका प्रमुखको उपस्थिति छ । सोमबार र मङ्गलबार दुई दिनसम्म चल्ने गोष्ठीमा छलफलका माध्यामबाट खोप केन्द्रको सङ्ख्या निर्धारण, खोप ढुवानी व्यवस्थापन, सञ्चालन गर्ने मिति, पालिका तथा वडामा सरोकारवालासँग अभिमुखीकरण गर्ने मिति तय गरिने गिरीले बताए ।
उनका अनुसार जिल्लामा साविकको गाविसका प्रत्येक वडामा खोप केन्द्र स्थापना गरी टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिने छ । आवश्यकताका आधारमा भौगोलिक विकटता भएको ठाउँमा दुई घण्टाभन्दा बढी समय लाग्ने ठाउँमा खोप केन्द्र स्थापना गरी अभियान सञ्चालन गर्न सकिने छ । टाइफाइडविरुद्धको खोप लागाउने लक्षित जनसङ्ख्या ८० प्रतिशत विद्यालयमा हुने भएकाले यो कार्यक्रममा विद्यालय केन्द्रित गरिने पनि बताइएको छ ।
टाइफाइड खोपको सुरुआत जिल्लास्तरीय अभमुखीकरण तथा गोष्ठीमा बोल्दै जिल्ला समन्वय समिति रुकुमपूर्वका उपप्रमुख भीमकुमारी पुनले यस अभियानले जिल्लामा मात्र नभई देशभर नै टाइफाइडको उन्मूलन हुँदै जाने बताए । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले अभियान सफलतापूर्वक सम्पन्न गर्नका लागि जिल्लामा त्यति सजिलो नभएको बताए । सबै बालबालिका विद्यालयको पहुँचमा नभएको, भौगोलिक विकटता रहेकाले पनि अभियान सञ्चालन गर्दा विषेश योजना बनाउनुपर्नेमा प्रजिअ खड्काले जोड दिए ।
निमित्त जिल्ला समन्वय अधिकारी रवीन्द्र बुढाक्षेत्री, शिक्षा विकास तथा समन्वय एकाइ रुकुमपूर्वका प्रमुख तीलक गौतम टाइफाइड रोग खोपमार्फत निर्मूल पार्ने सरकारको अभियान राम्रो भएको बताउँदै टाइफाइडकै कारण बालबालिका विभिन्न समस्याको शिकार बन्ने अवस्थाको अन्त्य हुँदै जाने बताए । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
एमसीए नेपालले ४०० केभी विद्युत् प्रसारणलाइन निर्माणका लागि निकाल्यो बोलपत्र
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग ५५ रनले पराजित
मंसिर १४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार