चुनाव अघि हुनसक्ने कम्युनिष्ट एकतालाई रोक्न कांग्रेस गठबन्धनमा जान चाहेको हो: विश्वप्रकाश
नेपालबहस संवाददाता
चैत १५, २०७८ मंगलबार १८:१३:१४
१५ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फेरी बन्न सक्ने कम्युनिष्ट गठबन्धनलाई ध्यानमा राखेर कांग्रेसले सत्ता साझेदार दलहरुसँग गठबन्धन गर्न चाहेको बताएका छन् ।
उनले आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउने उध्येश्य पुरा गर्नका लागि वाम गठबन्धन बन्नबाट रोक्नु आवश्यक भएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत महामन्त्री शर्माले सबै दल एक्लाएक्लै लड्ने स्थिति नभएको उल्लेख गर्दै भावनात्मक आवेग र वस्तुगत यथार्थ फरक भएको कुरा कांग्रेस कार्यकर्ताले बुझ्ने बताएका छन् । उनले परिस्थिति बदल्न स्थितिको आँकलन जरुरी रहेको कुरालाई कांग्रेसले हेरिरहेको बताए ।
श्र्माले भनेका छन्, ’कांग्रेसलाई पहिलो बनाउने उध्येश्य पुरा गर्न, कि सबै दल एक्लाएक्लै लड्ने स्थिति बनाउन सक्नुपर्छ कि ०७४ को झैं ‘वाम गठबन्धन’ बन्नबाट रोक्नुपर्छ ।’ यसका लागि गहिरो सुझबुझ जरुरी रहेको उनको भनाई छ ।
महमन्त्री शर्माले भरतपुरको भावना आत्मसात गरेर समाधान पहिल्याउन कांग्रेस प्रष्ट रहेको भन्दै चितवनको भरतपुर महानगरपालिकामा यसपटक कांग्रेसले मेयर छोड्न नहुनेमा स्थानीय कार्यकर्ताको जोड रहेको स्पष्ट पारेका छन् ।
कार्यकर्ताको इच्छा अनुसार शर्माले ‘भरतपुरको भावना’ आत्मसाथ गरेर समाधान निकाल्ने पनि जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअस्पष्ट तस्वीरमा रास्वपाको प्रोपोगान्डा, के हो वास्तविकता ?
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
महिला यु–१९ एसिया कप : वर्षाले नेपाल र श्रीलङ्काबीचको खेल अवरुद्ध
पुष ४, २०८१ बिहिबार
टस जितेर कर्णालीविरुद्ध बलिङ गर्दै जनकपुर
पुष ४, २०८१ बिहिबार
विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
पाँचपोखरीमा बृहत् स्वास्थ शिविर सम्पन्न
पुष ४, २०८१ बिहिबार
राप्ती नदीमा निर्माणाधीन पुल
पुष ४, २०८१ बिहिबार