मिश्रलाई स्पष्टीकरण सोधेपछि विवेकशील साझा पार्टी कार्यालयमा तनाव, कार्यकर्ता हटाउन प्रहरीको साहरा
नेपालबहस संवाददाता
चैत १५, २०७८ मंगलबार १९:१४:३९
१५ चैत, काठमाडौं । विवेकशील साझा पार्टीको संस्थापन र असन्तुष्ट पक्षबीच विवाद बढेको छ । साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले कानून र पार्टीको विधान विपरित २६ जना केन्द्रीय सदस्यलाई निष्कासन गर्ने निर्णय गरेपछि विवाद चुलिएको थियो ।
असन्तुष्ट पक्षले पटकपटक कारवाही फिर्ता लिन माग गर्दा पनि मिश्रले वास्ता नगरेपछि सोमबार बसेको असन्तुष्ट पक्षको बैठकले अध्यक्ष मिश्रलाई तिनदिनभित्र बुझाउने गरी स्पस्टीकरण सोध्ने निर्णय गरेको थियो ।
यसै विषयमा जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागिएको थियो । तर, त्यसमा संस्थापन पक्षले अवरोध गरेपछि तनाव उत्पन्न भई झडपको स्थिति बनेको हो । पार्टी कार्यलय परिसरमा असन्तुष्ट पक्षका नेता र कार्यकर्ताहरुले अध्यक्ष मिश्रबिरुद्ध नारावाजी समेत गरेका थिए ।
असन्तुष्ट पक्षको सोमबारको निर्णय सार्वजनिक गर्न आयोजन गर्न लागिएको पत्रकार सम्मेलालाई संस्थापन पक्षले विथोल्ने प्रयास गरेपछि दुबै पक्षबीच झडपको स्थिति बनेको हो । दुई पक्षबीच तनावको अवस्था बनेपछि प्रहरीलाई खबर गरिएको थियो ।
प्रहरी आएपछि विरोधी पक्षले पार्टी केन्द्रीय कार्यालयमै पत्रकार सम्मेलन गर्न खोजेपछि उत्पन्न तनावलाई साम्य बनानएको थियो । असन्तुष्ट पक्षले सोमबार बैठक गरेर अध्यक्ष मिश्रलाई किन कारबाही नगर्ने भनेर तीनदिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । त्यसबारे जानकारी दिन पार्टी केन्द्रीय कार्यालय बखुण्डोलमा ११ बजे पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।
सोमबार असन्तुष्ट पक्षले अध्यक्ष रवीन्द्र मिश्रलाई निस्कासन किन नगर्ने भनेर ३ दिने स्पष्टीकरण सोधेको थियो । यसै विषयलाई लिएर आज झडपको स्थिति बनेको एक नेताले बताए । आइतबार केन्द्रीय समिति बैठकमा मिश्रले प्रदेश संयोजकहरु तोक्नुका साथै २६ जना केन्द्रीय सदस्यलाई निष्कासन गर्ने निर्णय सुनाएका थिए ।
मिश्रले एकलौटी रुपमा पार्टी चलाएको भन्दै असन्तष्ट समूहले सोमबार बैठक गरेको ती नेताले बताए । बैठकमा कुल १६५ सदस्य मध्ये ९० भन्दा बढी सहभागी भएको असन्तुष्ट पक्षको दावी छ । असन्तुष्ट पक्षले पार्टी विधानको धारा ७१ बमोजिम अध्यक्ष पदबाट निष्कासन किन नगर्ने भनेर राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १८ बमोजिम स्पष्टीकरण सोधिने भनेको थियो ।
स्पष्टीकरण प्राप्त भएर वैधानिक कारबाही नहुँदासम्म मिश्रलाई पार्टीको बैठक आह्वान गर्न रोक लगाउने निर्णय पनि असन्तुष्ट समूहको बैठकले गरेको छ । चारबुँदे निर्णय लिएर असन्तुष्ट समूहका नेताहरु सोमबार नै निर्वाचन आयोग पनि पुगेका थिए ।
निर्वाचन आयोगमा पनि आफ्नो पक्षका केन्द्रीय सदस्यहरको बहुमत रहेको दावी गरेको छ । असन्तुष्ठ समूहका नेताहरुले आफुहरु कुनै पनि हालतमा राप्रपासँग मिल्न नजाने बताएका छन् । साझा पार्टी र राप्रपाबीच पार्टी एकिकरण हुने विषयमा छलफल चलिरहेको बताइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार