स्थानीय तह निवार्चन : डोल्पामा वडाभन्दा मतदानस्थल धेरै
नेपालबहस संवाददाता
चैत १५, २०७८ मंगलबार २०:१५:४६
♦ हेमन्त केसी
१५ चैत, जाजरकोट । ६५ वडा रहेको डोल्पामा ६६ मतदान स्थल र ६६ वटै मतदान केन्द्र रहेका छन् । उपल्लो डोल्पाका केही पालिकाको मतदाता संख्या एक हजार समेत छैन । आधा समय हिउँले सेताम्य हुने उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिकाको मतदाता संख्य नौ सय ६७ मात्र छ ।
चीनको सीमानासँग जोडिएको उक्त पालिकाका सर्वसाधारण आधा समय चिसो छल्न बेँशी तिर झर्ने गर्छन । जाजरकोटको नलगाड नगरपालिका-८ को मतदाताभन्दा करिब दुई तिहाइ कम मतदाता रहेको छार्काताङसोङ गाउँपालिकामा चुनाव जित्नका लागि तीन सय ५० भोट ल्याए पुग्ने देखिन्छ ।
पुरुषको भन्दा महिलाको जनसंख्या बढी रहेको यो पालिकामा चुनाव गराउन पनि हेलिकोप्टर प्रयोग हुँदै आएको छ । महिला मतदाताको संख्या पाँच सय १६ र पुरुष मतदाताको संख्या चार सय ५१ मात्रै छ । ६ वडा रहेको यस गाउँपालिकामा ६ वटै मतदानस्थल र ६ वटै मतदान केन्द्र रहेको जिल्ला निर्वाचन अधिकारी रामबहादुर सार्कीले बताए ।
२०७४ सालको स्थानीय तहको निवार्चनमा शे-फोक्सुण्डो गाउँपालिकाका नौ वडा वडाध्यक्ष, वडा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सर्वसम्मत निर्वाचित भएका थिए । छार्काताङसोङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष मात्रै निर्वाचन भएको थियो भने डोल्पोबुद्ध गाउँपालिकाको अध्यक्षमा मात्रै निर्वाचन भएका थियो ।
डोल्पोबुद्ध गाउँपालिकाका मतदाताको संख्या एक हजार एक सय ८९ छ । ६ वडा रहेको डोल्पोबुद्ध गाउँपालिकामा पनि ६ मतदान स्थल र ६ वटै मतदान केन्द्र छन् । यहाँ महिला मतदाताको संख्या ६ सय १७ र पुरुष मतदाताको संख्या पाँच सय ७२ छ । जगदुल्ला गाउँपालिकाको मतदाता संख्या एक हजार ६ सय ९६ छ ।
दुई नगरपालिका र ६ गाउँपालिका रहेको डोल्पामा २२ हजार चार सय ४० मतदाता छन् । यसमा महिला मतदाताको संख्या बढी छ । ११ हजार ३ सय ७९ महिला मतदाता रहेको डोल्पामा पुरुष मतदाताको संख्या ११ हजार ६१ मात्रै छ । त्रिपुरासुन्दरी नगरपालिकामा सबभन्दा बढी ६ हजार एक सय ६२ छ । उपल्लो डोल्पाको शे-फोक्सुण्डो गाउँपालिकाको मतदाता संख्या पनि दुई हजार पुगेको छ । यहाँ एक हजार नौ सय ९७ मतदाता छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार