सहमति विपरित गए देउवाबिरुद्ध जान कोइराला समूहले निकाल्यो चार विकल्प
नेपालबहस संवाददाता
चैत १५, २०७८ मंगलबार २०:४४:१३
१५ चैत, काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिदै गएको समयमा नेपाली कांग्रेसभित्र आन्तरिक व्यवस्थाप नै झनझन पेचिलो बन्दै गएको छ । संस्थापन पक्षलाई राम्रै दवावमा राख्ने संस्थापनइतर (कोइराला) समूहको तयारी छ ।
केन्द्रीय समितिमा आफ्नो पक्षको स्पष्ट बहुमत रहेपछि संस्थापनइतर समूहलाई खासै वास्ता नगरिरहेका सभापति शेरबहादुर देउवा अझै पार्टीमा सहअस्तित्वलाई ग्रहण गर्ने पक्षमा देखिएका छैनन् । देउवाले चालेका सुरुकै कदमबाट असन्तुष्ट बनेको कोइराला समूहत भने उनलाई गलाउने रणनीतिमा जुटिरहेको छ ।
सभापति देउवाका कार्यशैली प्रति सशंकित कोइराला समूह सभापति शेरबहादुर देउवा ४० प्रतिशत मतलाई बेवास्ता गर्दै एकलौटी अघि बढ्न खोजेको निष्कर्ष निकाल्दै त्यसबिरुद्ध जाने तयारीमा जुटिसकेको छ ।
देउवाले नेविसंघ र तरण दलको नेतृत्व एकलौटी बनाएपछि सोमबार कोइराला पक्षका भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिले खबरदारी सभा समेत गरेर देखाइसकेका छन् । त्यसको समीक्षा गर्न मंगलबार कांग्रेस महामन्त्री गगन थापाको सचिवालय ज्ञानेश्वरमा बैठक बसेर चारवटा निष्कर्ष समेत सार्वजनिक गरेका छन् ।
१४औँ महाधिवेशनमा प्राप्त ४० प्रतिशतभन्दा बढी मतलाई सभापतिले बेवास्ता गरेर एकलौटी ढंगले अगाडि बढ्न खोजेकाले बाध्य भएर आन्दोलनमा जानुपर्ने अवस्था आउने बैठकको पहिलो निष्कर्ष छ ।
संसदीय समिति गठन गर्दा शेखर कोइराला समूहका वरिष्ठ नेताहरूलाई नसमेट्ने हो भने पार्टी नेतृत्वविरुद्ध देशैभर आन्दोलन गर्नुको विकल्प नरहने पनि उनीहरुले ठहर गरिसकेका छन् ।
यस्तै भातृसंस्थालगायत आउँदो तीनै तहका निर्वाचनमा शेखर कोइराला समूहलाई समान अवसर र न्यायोचित व्यवस्थापन नगर्ने हो भने चुनाव जित्ने होइन, पार्टीभित्रै विद्रोह हुने अवस्था आउने निष्कर्ष कोइराला समूहको छ ।
सभापति चरम गुटबन्दीमा लागेको र सभापति देउवाले पार्टीभित्रको अपोजिसनलाई कमजोर पार्न बूढा नेताहरूको गठजोड तयार पारिरहेको भन्दै यसकाबिरुद्धमा पनि कार्यक्रयम बनाउने तयारमा यो समूह रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने केन्द्रीय बैंकको प्रक्षेपण
पुष ६, २०८१ शनिबार
पावर प्लेमा जनकपुरको जादु, जनकपुरका दुई खेलाडी भए आऊट
पुष ६, २०८१ शनिबार
एनपीएलको फाइनल खेल हेर्न किर्तिपुरमा नेतादेखि दर्शकसम्मको अपार भीड
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनल हेर्न कांग्रेस सभापति देउवा कीर्तिपुर क्रिकेट मैदानमा
पुष ६, २०८१ शनिबार
अमेरिका र भारतले शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने
पुष ६, २०८१ शनिबार