प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्र आफै अस्पष्ट, आएन कार्यतालिक
नेपालबहस संवाददाता
चैत १५, २०७८ मंगलबार २१:२१:४३
१५ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालय आफै अस्पष्ट देखिएको छ । प्रधानमन्त्रीको भ्रमणका विषयमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको एजेण्डा तय हुन बाँकी रहेको बताइन् ।
भरतीय विदेश मन्त्रालयले सोमबारनै विज्ञप्ती जारी गरी देउवाको भ्रमणमा हुने कार्यक्रको तालिका सवार्जनिक गरिसकेको छ । तर, नेपालको परराष्ट्र मन्त्रालयले यसबारै भइरहेको तयारीका विष्वायमा समेत जानकारी गराउन सकेको छैन् ।
प्रवक्ता लम्सालले प्रधानमन्त्री शेरबहादुर देउवाले चैत १८, १९ र २० गते भारत भ्रमण गर्ने बताइन । भ्रमणका क्रममा नोपलका तर्फबाट राखिने एजेण्डबारे उनले तयार भइरहेको मात्र बताइन् । भाारतले भ्रमणका क्रममा हुने भेटमा गरिने सम्झौताका विषय समेत बताइ सकेको छ ।
उनले प्रधानमन्त्री देउवाले श्रीलंकामा भइरहेको बिमेस्टक राष्ट्रहरुको पाँचौं सम्मेलनलाई बिहीबार भर्चुअल माध्यमबाट बैठकमा सम्बोधन गर्ने जानकारी दिइन् । बैठकमा सहभागी हुने परराष्ट्रमन्त्री नारायण खड्का श्रीलंकाको कोलोम्बो पुगिसकेको र पाँच वटा सम्झौतामा हस्ताक्षर हुने तयारी रहेको उनको भनाइ थियो ।
प्रवक्ता लम्सालले गत फागुन ३० गतेदेखि १ गतेसम्म साउदी अरेबियाका राजकुमार एवं विदेशमन्त्री फैसल बिल फहरानको नेपाल भ्रमणको बारेमा पनि जानकारी दिइन् ।
यसक्रममा पहिलो पटक दुई देशका परराष्ट्रमन्त्री स्तरीय भेटघाट भएको बताउँदै लम्सालले विदेशमन्त्री फहरानको परराष्ट्रमन्त्री र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता भएको बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने केन्द्रीय बैंकको प्रक्षेपण
पुष ६, २०८१ शनिबार
पावर प्लेमा जनकपुरको जादु, जनकपुरका दुई खेलाडी भए आऊट
पुष ६, २०८१ शनिबार
एनपीएलको फाइनल खेल हेर्न किर्तिपुरमा नेतादेखि दर्शकसम्मको अपार भीड
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनल हेर्न कांग्रेस सभापति देउवा कीर्तिपुर क्रिकेट मैदानमा
पुष ६, २०८१ शनिबार
अमेरिका र भारतले शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने
पुष ६, २०८१ शनिबार