चुनावको नतिजा हाम्रो पक्षमा आउँछ, अरु पार्टीले जालझेल गरे ठिक पार्नुपर्छः प्रचण्ड
नेपालबहस संवाददाता
चैत १५, २०७८ मंगलबार २२:४१:५५
१५ चैच, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटकको निर्वाचन परिणाम माओवादीको पक्षमा आउने दाबी गरेका छन् । उनले माओवादीतर्फ आएको मत परिणामलाई अरु पार्टीले जालझेलपूर्ण तरिकाले आफ्नो पक्षमा पार्न खोजे त्यसको प्रतिकार गरिने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका युवाहरूलाई पार्टी प्रवेश गराउँदै देशभर युवाहरूको पार्टीमा आकर्षण बढेकाले निर्वाचन परिणाम माओवादीको पक्षमा पार्न असहज नभएको दाबी गरे । उनले यसअघि अनेक जालझेल गरेर अन्य पार्टीले निर्वाचनको परिणाम हात पारेको भएपनि यसपटक निर्वाचनको नतिजा सुल्टिएर माओवादीको पक्षमा आउने बताए ।
उनले माओवादीमा प्रवेश गरेर सचेत युवा वर्गले सही निर्णय लिएको पनि बताए । तपाईं युवाहरूले सही निर्णय गर्नुभयो । तपाईंहरूलाई बधाई र स्वागत गर्न चाहन्छु । संघीय लोकतान्त्रिक गणतन्त्रको जन्मदाता माओवादी केन्द्र हो ।
संविधानको रक्षा गर्न, सामाजिक न्यायसहितको समाज बनाउन र देशको समृद्धिसँगै विकास गर्ने पार्टी माओवादी हो । अब यसपटक निर्वाचनको नतिजा हामीले सुल्टाउन सक्नुपर्छ, प्रचण्डले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार