औषधिसहित घर घरमै पशु प्राविधिक
नेपालबहस संवाददाता
चैत १५, २०७८ मंगलबार २३:४९:५७
१५ फागुन, काठमाडौं । वालिङ नगरपालिकाले पशुपालक कृषकहरुलाई घरमै सेवा दिने उद्देश्यले घर घरमै औषधिसहित पशु प्राविधिकहरु खटाउन शुरु गरेको छ ।
पशुपालक कृषकहरुले ब्यवसाय सञ्चालन गर्दै गर्दा आईपर्ने प्राविधिक समस्याहरुकाबारेमा कार्यालयमा आईरहनुपर्ने अवस्थाको अन्त्य गर्दै घर आँगनमै सेवा दिने मुख्य उद्देश्यसहित यो अभियान थालिएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताए ।
“पशुपालन गर्ने कृषकहरुलाई कार्यालयसम्म आईरहनुपर्दा र प्रक्रिया पूरा गर्न झण्झटिलो हुने भएकाले प्राविधिकहरुमार्फत घर घरमै पुगेर सेवा दिनुपर्छ भन्ने मनसायले अभियानको थालनी गरेका हौं” उनले भन्नुभयो, “औषधिसहित प्राविधिकहरु घर घरमै पुगेर विशेष गरी दुधालु गाईभैंसीमा बाँझोपन निराकरण तथा पशु स्वास्थ्य सेवा घरदैलो कार्यक्रमलाई अभियानकोरुपमा सञ्चालन गरेका हौं ।”
विशेष गरी ब्यवसायिकरुपमा गाईभैंसी, बाख्रापालन गर्ने कृषकहरुसँग घर घरमै पुगेर ब्यवसाय सञ्चालनकाक्रममा आईपरेका समस्याहरुकाबारेमा जानकारी लिने, घरमै पुगेर उपचार गर्ने, निशुल्क औषधि वितरण गर्ने र आवश्यक परामर्श दिईने उनले जानकारी दिए।
“वालिङ नगरपालिका मासु र दूधमा आत्मनिर्भर छ” उनले भने, “पशुपालनका क्रममा देखिएका समस्याहरुलाई समाधान गर्दै अझै लागत घटाउने र उत्पादन बढाउनकालागि यस अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं ।”
नगरभित्रका १४ वटै वडामा ब्यवसायिकरुपमा फर्म सञ्चालन गरेका ३० वटा फर्महरुमा पहिलो चरणमा पुगेर सेवा दिईने पशु शाखा प्रमुख डा. बसन्तकुमार अधिकारीले बताए ।
“ब्यवसायिकरुपमा पशुपालन गर्नुभएका पशुपालक कृषकहरुका फर्ममा पुगेर निशुल्करुपमा प्राविधिक सेवा र औषधि उपलब्ध गराउँछौं” प्रमुख अधिकारीले भने, “अब पशुपालक कृषकहरु समस्या लिएर नगरपालिका कार्यालय वा प्राईभेट एग्रोभेटहरुमा गईरहनुपर्ने अवस्थाको अन्त्य गर्ने छौं ।”
घरमै प्राविधिक सेवा र भैंसीमा देखिएको बाँझोपनको कारण पत्ता लगाई निशुल्क औषधि उपलब्ध गराईदिएकोमा आँफूलाई खुशी लागेको मिनी कटौंजे भैंसीपालन फर्मका सञ्चालक कुश्माखर सुबेदी बताए ।
“घर घरमै प्राविधिकहरु आएर परामर्श दिने, उपचार गरिदिने कार्यको निरन्तरताकालागि नगरपालिकासमक्ष अनुरोध गर्दछु” सञ्चालक सुबेदीले भने, “यस अभियानले म जस्ता अन्य पशुपालक कृषकहरुलाई यस ब्यवसायप्रति लाग्न थप उर्जा दिने छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
खलनायकले ओठमा चुम्बन गरेपछि...
माघ २, २०८१ बुधबार
सरकारविरुद्ध रणनीति बनाउन सिंहदरबारमा विपक्षी दलको संयुक्त बैठक
माघ २, २०८१ बुधबार
भारतको केरलामा दलित किशोरीमाथि ५ वर्षदेखि ६२ जनाले गरे बलात्कार, ४४ पक्राउ
माघ २, २०८१ बुधबार
वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
माघ २, २०८१ बुधबार
दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’
माघ २, २०८१ बुधबार