सातै प्रदेशमा इबिमा स्टार्टअप एण्ड आइडिया फेस्ट र डिजिटल संवाद कार्यक्रम आयोजना हुँदै
नेपालबहस संवाददाता
चैत १५, २०७८ बुधबार ०:३:३२
१५ फागुन, काठमाडौं । लिभिङ विथ आइसिटीले सातै प्रदेशमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२२’ कार्यक्रम आयोजना गर्ने भएको छ । इबिमाले मुख्य प्रायोजन गरेको उक्त कार्यक्रम डिजिटल क्षेत्रमा क्रियाशील स्थानिय नवप्रर्वदकहरुलाई प्रवद्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउने उदेश्यले सातै प्रदेशमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।
२०७८ चैत १८ गते गण्डकी प्रदेशबाट सुरु हुने कार्यक्रम २०७९ जेठ दोश्रो साता बागमती प्रदेशमा समापन हुनेछ ।चैत १८ गते गण्डकी प्रदेशको पोखराबाट कार्यक्रमको सुरुवात हुदैछ भने जेष्ठ दोश्रो हप्ता बागमती प्रदेशको चितवनमा कार्यक्रम सम्पन्न हुने आयोजकले जनाएको छ ।
पहिलो चरणमा पोखरापश्चात चैत २३ गते बुटवल, चैत २७ गते बिरगञ्ज र बैशाख २ गते बिराटनगरमा कार्यक्रम आयोजना हुनेछ । दोश्रो चरणमा सुदुपश्चिम, कर्णाली र बागमतीमा कार्यक्रम आयोजना हुनेछ । यस कार्यक्रममा स्थानिय स्टार्टअप तथा विद्यार्थीहरुका इन्नोभेटिभ आइडिया तथा प्रोजेक्टहरुलाई प्रदर्शनीमा राखिनेछ ।
सहभागीहरुले आफ्नो आइडिया वा प्रोजेक्टको बारेमा विज्ञ छनौट समितिको सहभागितमा प्रस्तुती दिनेछन्। यसैगरी उनीहरुले आइटी क्षेत्रका सफल स्थानिय तथा केन्द्रका उद्यमीहरुबाट मेन्टरिङ सेसनमा पनि सहभागी हुने अवसर प्राप्त गर्नेछन । आयोजकले हरेक प्रदेशबाट उत्कृष्ट ५ स्टार्टअप तथा आइडिया छनौट गरी काठमाडौंमा विजनेश इन्क्युवेसनमा सहभागि गराउने जनाएको छ । छनौट भएका स्टार्टहरुले बैंकले उपलब्ध गराउने सहुलियतपुर्ण ऋण सुविधा र लगानीको लागि अवसर प्राप्त गर्नेछन ।
स्टार्टअपहरुले आवश्यक प्रविधि, कानुनी सहायता र व्यपार प्रवद्धनको लागि निशुल्क परामर्श तथा विभिन्न अवसरहरु प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । हरेक प्रदेशका उत्कृस्ट १ लाइ आइसिटी अवार्ड २०२२ को ग्रान्ड फिनालेमा सम्मान पनि गरिने बताइएको छ । हरेक प्रदेशको कार्यक्रममा कम्तिमा ३० बढी स्टार्टअपहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा प्रदेश सरकार, स्थानिय सरकार, नीजि क्षेत्र र सरोकारवालाहरुको उपस्थितीमा डिजिटल रुपान्तरणमा प्रदेश विषयमा विशेष अन्तकृया तथा डिजिटल संवाद कार्यक्रम पनि आयोजना हुनेछ ।विहान १० बजेदेखि बेलुकी ६ बजेसम्म विभिन्न सेसन र प्रदर्शनी कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ । स्टार्टअपहरुले निशुल्क सहभागि हुने अवसर प्राप्त गर्नेछन भने कार्यक्रममा अवलोकन तथा सहभागिताको लागि पनि प्रवेश नि स् शुल्क गरिएको छ ।
कार्यक्रममा इबिमा, राष्ट्रिय वाणिज्य बैंक, निमा एकेडेमी, सफ्टवेरिका कलेज, एसीसीए, ब्रोडवे इन्फोसिस, सिएसआइटी एसोसिएसन लगायतको सहकार्य तथा सहयोग रहेको छ ।
यसैगरी सोही दिन आयोजना हुने प्रादेशिक डिजिटल संवाद कार्यक्रममा ह्वावे, इन्फोडेभलपर्स, नेपाल दुरसञ्चार प्राधिकरण लगायत प्रदेश सरकारहरुको सहकार्य रहेको छ । डिजिटल संवाद कार्यक्रम प्रदेश सरकार, स्थानिय सरकार, सरोकारवाला र नीजि क्षेत्रको उपस्थितीमा विशेष अन्तरक्रियात्मक रुपमा सञ्चालन हुनेछ ।
पछिल्लो समय अध्ययनपश्चात आफ्नै क्षेत्रमा केहि नयाँ तथा इन्नोभेटिभ काम गर्ने युवाहरुको उल्लेख्यरुपमा वृद्धि भएको छ तर पनि आवश्यक मेन्टरिङ, इन्क्युवेसन र लगानीको अभावमा धेरै स्टार्टअपहरु पलायन भइरहेको अवस्थालाई मध्यनजर गर्दै लिभिङ विथ आइसिटीले देशव्यापी रुपमा कार्यक्रम आयोजना गर्न लागिरहेको संयोजक राजन लम्सालले बताए । स्थानिय स्तरमा कोभिड १९ को कारण धेरै स्टार्टअपहरु बन्द पनि भएका छन र अब सरकार र नीजि क्षेत्र सहकार्य गर्दै डिजिटल उद्यमशिलता र इन्नोभेसनको विकासमा लाग्नुपर्ने लम्सालको भनाई छ । कार्यक्रममा स्टार्टअप तथा आइडिया प्रस्तुत गर्न www.nepalistartup.com वेबसाइटमार्फत दर्ता गर्ने वा ९८०१२६३६०२ मा सम्पर्क गर्न सकिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई
मंसिर ११, २०८१ मंगलबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार