बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की नअटेपछि गठन भएन संसदीय समिति
नेपालबहस संवाददाता
चैत १५, २०७८ बुधबार ०:९:१५
१५ चैत, काठमाडौं । संस्थापन पक्षका प्रभावशाली नेता नअटाउने अवस्था आएपछि कांग्रेस केन्द्रीय समिति, संसदीय समिति गठन गर्न असफल भएको छ । पार्टी सभापति शेरबहादुर देउवानिकट मानिएका दुई जना नराखी समिति गठन गर्न देउवाले आनाकानी गरेपछि संसदीय समिति गठन नभएको बताइएको छ ।
आफु अनुकुल समिति बन्ने नदेखेपछि देउवाले मंगलबार जारी केन्द्रीय समितिको बैठकमा यो प्रस्ताव नै नलगेको एक नेताले जानकारी दिए । पदाधिकारीको अनौपचारिक छलफलमा तय गरिएका नाममा डा. रामशरण महत, अर्जुननरसिंह केसी, चित्रलेखा यादवलगायतका नेताहरु हटाउनुपर्ने देखिएको थियो ।
उनीहरुले समितिबाट आफु नहट्ने बताएका थिए । उनीहरुले नमानेपछि एनपी सावद, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्कीलाई संसदीय समितिमा राख्ने ठाँउ नपुगेको हो । उनीहरु नअट्ने स्थिति देखिएपछि फेरि पनि छलफल गरी सहमति निकाल्ने भन्दै आजलाई समिति गठनको विषय स्थगित गरिएको हाे ।
संसदीय समितिमा संथापनइतर समूहले पनि दवाव दिदै आएको छ । कोइराला समूहले आफुहरुले महाधिवेशनमा पाएको ४० प्रतिशतको हिस्सा समितिमा पाउनुपर्ने अडान राख्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार