बिमस्टेक शिखर सम्मेलनलाई प्रधानमन्त्री देउवाले आज सम्बोधन गर्ने, चारवटा सम्झौतापत्रमा हस्ताक्षर हुँदै
नेपालबहस संवाददाता
चैत १६, २०७८ बुधबार १२:४२:१९
१६ चैत काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको पाँचौ शिखर सम्मेलनलाई आज सम्बोधन गर्ने भएका छन् ।
उनले सम्मेलनलाई काठमाडौंबाट भर्चुअल सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताएका छन् । शिखर सम्मेलन श्रीलंकाको राजधानी कोलम्बोमा हुँदैछ । शिखर सम्मेलनअघि मंगलबार कोलम्बोमा बिमस्टेक विदेशमन्त्री स्तरीय बैठक बसेको थियो । बैठकमा परराष्ट्रमन्त्री डा नारायण खड्का सहभागी भएका थिए । उनले बैठकलाई सम्बोधन समेत गरेका थिए ।
बिमस्टेक शिखर सम्मेलनको दिन बुधबार कोलम्बोमा सदस्य राष्ट्रहरुबीच चारवटा सम्झौतापत्रमा हस्ताक्षर हुने प्रवक्ता लम्सालले जानकारी दिए । लम्सालका अनुसार बुधबार हस्ताक्षर हुने सम्झौतापत्रमा बिमस्टेक बडापत्र, आपराधिक मामिलामा आपसी कानुनी सहायता सम्बन्धी बिमस्टेक महासन्धी, श्रीलंकाको कोलम्बोमा बिमस्टेक प्रविधि हस्तान्तरण संरचना स्थापना सम्बन्धी आवद्धताको सम्झौता र कूटनीतिक तालिमका क्षेत्रमा आपसी सहयोग सम्बन्धी बिमस्टेक समझदारीपत्र रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
पुष १६, २०८१ मंगलबार
‘कानुन निर्माणले मात्रै बालविवाह अन्त्य नहुने’
पुष १६, २०८१ मंगलबार
भौतिक विकास मात्र होइन, आध्यात्मिक ज्ञानलाई महत्त्व दिनुपर्छ : उपप्रधानमन्त्री सिंह
पुष १६, २०८१ मंगलबार
एकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
पुष १६, २०८१ मंगलबार
फास्ट ट्र्याक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने
पुष १६, २०८१ मंगलबार
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पुष १६, २०८१ मंगलबार
‘कानुन निर्माणले मात्रै बालविवाह अन्त्य नहुने’
पुष १६, २०८१ मंगलबार