राजस्थानले हैदरावादलाई हरायो
नेपालबहस संवाददाता
चैत १६, २०७८ बुधबार १३:२७:५१
१६ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग ‘आईपीएल’ टी-२० क्रिकेटमा मंगलबार राति राजस्थान रोयल्सले सनराइजर्स हैदरावादलाई ६१ रनले पराजित गरेको छ।
पुनेमा राजस्थानले दिएको २११ रनको विजयी लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर मात्र १४९ रन बनाउन सक्यो ।
हैदरावादका लागि एडिन माक्रमले सर्वाधिक ५७ रन बनाए । वासिङटन सुन्दरले ४० तथा रोमारियो शेफर्टले २४ रनको योगदान गरे ।
राजस्थानका युजभेन्द्र चाहलले ३ तथा ट्रेन्ट बोल्ट र प्रसिद्ध कृष्णले २-२ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर २१० को विशाल योगफल तयार पारेको थियो ।
राजस्थानका कप्तान सन्जु सामसनले सर्वाधिक ५५ रन बनाए । यस्तै देबदुत पडिकलले ४१ रन जोड्दा जोश बट्लरले ३५ रन बनाए ।
आक्रमक ब्याटिङ गरेका सिम्रन हिटमयेरले ३२ तथा यासभी जैशवालले २० रनको योगदान गरे । हैदरावादका टी नटराजन र उम्रान मलिकले २(२ विकेट लिए । जितसँगै राजस्थानले १ खेलबाट २ अंक जोडेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
जनकपुरलाई काठमाडौंले दियो १०२ रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, पाँच खेलमा किंग्सको दोस्रो पराजय
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार