दुई इन्स्योरेन्ससहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
नेपालबहस संवाददाता
चैत १६, २०७८ बुधबार १५:५१:५४
१६ चैत, काठमाडौं । दुई इन्स्योरेन्ससहित तीन कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। सिद्धार्थ इन्स्योरेन्स, आरम्भ चौतारी लघुवित्त र प्रभु इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात चैत १७ गते बुकक्लोज गर्दैछन्।
यद्दपी आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी तीन कम्पनीहरुको लाभांश प्राप्त गर्न तथा यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
सिद्धार्थ इन्स्योरेन्सले गत असार मसान्तसम्ममा कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न चैत ३० गते २० औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष, भृकुटी मण्डप, काठमाडौँमा बिहान साढे १० बजे सुरु हुनेछ।
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न चैत २७ गते, आइतबार, बनेपा पार्टी भेन्यू, बनेपा, काभ्रेपलाञ्चोकमा सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
प्रभु इन्स्योरेन्सले लाभांश पारित गर्न चैत ३० गते बुधबार प्रभु कम्प्लेक्स तीनकुनेमा विहान ११ बजे २६ औं वार्षिक साधारण सभा बोलाएको छ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब १६ करोड १९ लाख रुपैयाँको ११ प्रतिशतका दरले हुन आउने १२ करोड ७८ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५८ प्रतिशतका दरले हुने आउने ६७ लाख २६ हजार नगद लाभांश पारित गर्नेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारणसभा बस्ने
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार