जुम्लाका साढे ४२ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने
नेपालबहस संवाददाता
चैत १६, २०७८ बुधबार १६:१६:१
♦ दिलमाया शाही
१६ चैत, जुम्ला । जुम्लामा साढे ४२ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । २५ चैतदेखि आगामी १८ वैशाखसम्म सञ्चालन हुने खोप अभियानमा १५ महिनादेखि १५ वर्षसम्मका ४२ हजार चार सय २० बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको हो । यो अभियान जुम्लासहित देशभर नै सञ्चालन हुँदैछ ।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार सात वटै स्थानीय तहमा खोप लगाउन टोली परिचालन गरिनेछ । खोपका लागिगाउँ तथा विद्यालयमा १ सय ९१ जनाको खोप टोली परिचालन गरिने भएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक लालबहादुर सार्कीले खोप अभियानलाई प्रभावकारी बनाउन सबै सरोकारवाला जिम्मेवार भएर लाग्नुपर्ने बताए ।
चार वर्षमा टाइफाइडका ३५ सय बिरामी
जुम्लामा चार वर्षमा टाइफाइटका ३५ सय बिरामी फेला परेका छन् । आर्थिक वर्ष २०७५/७६ मा ९ सय ७८, आव २०७६र७७ मा १ हजार १ सय ५८, आव २०७७/७८ मा ८ सय ७९ र चालु आवको ८ महिनामा ५ सय ९२ जना गरी ३ हजार ५ सय ९७ जना बिरामी फेला परेको स्वास्थ्य कार्यालयको तथ्यांक छ ।
नेपालमा पाँच वर्षमा ४ लाख ५० हजार बालबालिका टाइफाइडबाट ग्रसित भएका छन् । टाइफाइड शून्यमा झार्न सरकारले खोप अभियान सञ्चालन गर्दै आएको छ ।
जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख सापकोटाका अनुसार दूषित पानी र खानेकुराबाट टाइफाइड संक्रमणको जोखिम रहन्छ । यो रोगका लक्षण ज्वरो आउने,टाउँको दुख्ने, पेट दुख्ने, आद्रामा समस्या आउने लगायत छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार