गठबन्धनबारे केन्द्रीय समितिको निर्णय कार्यन्वयनमा लानुपर्छः सुजाता
नेपालबहस संवाददाता
चैत १६, २०७८ बुधबार १६:४५:१९
चैत १६, विराटनगर । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले अहिले चुनावी तालमेल आवश्यक रहेको भन्दै केन्द्रीय नेतृत्वले गरेको निर्णय कार्यान्वयन गरेर जानुपर्ने बताएकी छन् । उनले अहिलको निर्णय स्थानीय तहको भएको भन्दै संघ र प्रदेशको निर्वाचनमा अर्कै निर्णय हुने बताइन् ।
बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले हाललाई तालमेलको विरोध गर्नुको कुनै अर्थ नहुने बताइन् । कोइरालाले अहिलेको परिस्थितमा कांग्रेस गठबन्धनबाट भाग्नु नहुँने भन्दै हिजोको कठिन परिस्थितिमा गठबन्धनकै कारण कांग्रेसको नेतृत्वमा सरकार आएको दावी गरिन् ।
प्रतिनिधिसभाको अब हुने निर्वाचनमा आफू गिरिजाप्रसाद कोइरालाको निर्वाचन क्षेत्रबाट उमेदवार हुने भन्दै निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरिन् । पार्टीभित्र देखिएका फरक मत र समूहका विषयमा धेरै टप्पणी गर्न आवस्यक नभएको भन्दै उनले सबै एकजुट भएर कांग्रेसलाई विजयी गराउन लाग्नुपर्ने बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
असदको पतन रुसका लागि ‘पराजय’ होइन: पुटिन
पुष ४, २०८१ बिहिबार
मध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार