आजदेखि नमुना मतपत्र छापिने,आयोग र केन्द्रबीच छपाइको सम्झौता भने हुन बाँकी
नेपालबहस संवाददाता
चैत १६, २०७८ बुधबार १७:१२:४३
१६ चैत, काठमाडौं । निर्वाचन आयोगले आजदेखि नमुना मतपत्र छाप्न सुरु गर्ने भएको छ । जनक शिक्षा सामाग्री केन्द्रबाट आगामी स्थानीय तह निर्वाचनको मतपत्र छाप्ने सहमतिअनुसार बुधबारदेखि नमुना मतपत्र छाप्न सुरुगर्ने भएको हो । मतपत्र छपाइका लागि सबै तयारी सकिएको र नौ वटा मेसिनबाट मतपत्र छापिने बताइएको छ ।
निर्वाचन आयोगले आजदेखि नमुना मतपत्र छाप्न सुरु गर्ने जानकारी दिएको हो । नमुना मतपत्रको १२ बजेसम्म डिजाइन टुंगो लगाएर आजदेखि मेसिनको परीक्षण गरिने भएको छ । आयोगकाअनुसार १७ गतेबाट देशभरका सबै मतदाताका लागि मतपत्र छाप्न सुरु गरिनेछ ।
आयोगले करिब २ करोड मतपत्र छाप्ने गरी तयारी गरिहेको छ । जिल्लाको मतदाता अनुसार मतपत्र छापिने बताइएको छ । जनक शिक्षा केन्द्रसँग रहेको मेसिनले प्रतिघण्टा मेसिनले १५ हजार मतपत्र छाप्ने छ । यसअनुसार एक घण्टामा नौ वटा मेसिनले १ लाख ३५ हजार मतपत्र छपाइ हुन्छ ।
आयोगले मतपत्र छाप्न मौखिक जानकारी गराए पनि हालसम्म लिखित रुपमा सम्झौता भने नभएको केन्द्रले जनाएको छ । सम्झौता भएलगत्तै मतपत्र छाप्न सुरु गर्ने तयारी जनक शिक्षाको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौथो संस्करण हुँदै
पुष ४, २०८१ बिहिबार
गाजामा युद्धविराम हुनेमा म आशावादी छु : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
पुष ४, २०८१ बिहिबार
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
पुष ४, २०८१ बिहिबार
हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
पुष ४, २०८१ बिहिबार