अमेरिकाले नेपालका लागि नयाँ राजदूत पठाउँदै
नेपालबहस संवाददाता
चैत १६, २०७८ बुधबार १७:५७:१
१६ चैत, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी डब्लु बेरीको कार्यकाल नसकिदै अमेरिकाले नेपालका लागि नयाँ राजदूतमा डिन आर थोम्प्सनको नाम प्रस्ताव गरेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले थोम्प्सनलाई नेपालका लागि अमेरिकी राजदूतका रूपमा नियुक्तिका लागि प्रस्ताव गरेको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बाइडेनले प्रस्ताव गरेका थम्पसनको नाम संसदीय प्रक्रियाबाट अनुमोदन हुनुपर्छ ।
अनुमोदन भएमा उनले हालका नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी डब्लु बेरीको स्थान लिने छन् । बेरीको कार्यकाल अब केहि समय बाँकी छ । तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा नियुक्त बेरीले ८ कार्तिक २०७५ मा नेपालका लागि अमेरिकी राजदूतका रूपमा पदभार सम्हालेका थिए ।
नेपालका लागि नयाँ राजदूतका रूपमा प्रस्तावित थोम्प्सन करिअर मिनिस्टर दर्जाका वरिष्ठ परराष्ट्र सेवाका करियर सदस्य हुन् । कूटनीतिज्ञका रूपमा उनले अमेरिकी विदेश मन्त्रालयका विभिन्न पदमा रही २५ वर्षभन्दा बढी सेवा गरिसकेका छन् ।
उनी हाल दक्षिण तथा मध्य एसियाली मामिलाका सन्दर्भमा अमेरिकी विदेश मन्त्रालयमा ‘डेपुटी असिस्टेन्स सेक्रेटरी’ का रूपमा कार्यरत छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार