उपसभापति खड्काले बोलाए निर्वाचन परिचालन समितिको पहिलो बैठक
नेपालबहस संवाददाता
चैत १६, २०७८ बुधबार १८:२४:४१
१६ चैत, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिले संयोजकको जिम्मेवारी दिएपछि उपसभापति पूर्णबहादुर खड्काले आजका लागि स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक बोलाएइका छन् । समितिले पूर्णता नपाए पनि बुधबार दिउँसो १ बस्ने गरी बैठक बोलाइएको हो ।
स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको यो पहिलो बैठक हो । आजको बैठकम सातै प्रदेशका सभापतिसँग छलफल गर्ने कार्यक्रम राखिएको छ । स्थानीय तहको निर्वाचनको तयारीमा जुट्नका लागि सातै प्रदेशका सभापति सहित पदाधिकारीसँग जानकारी लिन र अगामी कार्यक्रमबारे छलफल गरिने भएको छ ।
मंंगलबार मात्रै कांग्रेस केन्द्रीय समितिले उपसभापति खड्का संयोजक रहेको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ गठन गरेको थियो । समितिलाई पूर्णता दिने विषयमा पनि आज छलफल हुनेछ । समितिमा सादस्य थप्ने विषयमा पनि सहमति भएको छैन ।
संस्थापन पक्षबाट संयोजक भएका खड्काले संस्थापनइतर समूहलाई कति स्थान दिनेहुन भन्ने चर्चा पनि सुर भएको छ । संस्थापनइतर समूहको नेतृत्व गरिरहेको डा. शेखर कोइराला समूहले सबै समितिमा महाधिवेशनमा पाएको मतको आधारमा सहभागिता पाउनुपर्ने अडान राखदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार