गठबन्धनमा भरतपुर महानगरको मेयरमा हाम्रो दावी कायम रहन्छः प्रचण्ड
नेपालबहस संवाददाता
चैत १६, २०७८ बुधबार १८:५१:४४
१६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगारमा माओवादीको दावी कायमै रहने बताएका छन् ।
भरतपुर विमानस्थलमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डल महानगरको विकासमा माओवादीको भूमिका उल्लेख्य रहेको र फेरी पनि दावी रहने बताए ।
प्रचण्डले माओवादीको दावी कायमै रहेपनि गठबन्धनमा यो विषयमा छलफल नभएको र भोलि बिहीबार बस्ने गठबन्धनको बैठकमा महानगरपालिकाहरुमा तालमेलको निर्णय हुने जानकारी दिए । महानगरपालिका र उपमहानगरपालिकामा गठबन्धन गर्ने निर्णय केन्द्रबाटै हुने भएकाले पहिले गठबन्धनभित्र सहमति हुनुपर्ने बताए ।
उनले भरतपुरको मेयरमा आफ्नो पार्टीको दाबी रहने दोहोर्याउँदै यसअघिको स्थानीय तह निर्वाचनमा पनि कांग्रेस र माओवादीबीच गठबन्धन भएको उल्लेख गरे ।
अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरिसकेपछि गठबन्धनका बीचमा आवश्यकताअनुसार तालमेल हुने पक्का भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौथो संस्करण हुँदै
पुष ४, २०८१ बिहिबार
गाजामा युद्धविराम हुनेमा म आशावादी छु : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
पुष ४, २०८१ बिहिबार
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
पुष ४, २०८१ बिहिबार
हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
पुष ४, २०८१ बिहिबार