सभापतिमा शेखर कोइरालालाई हराउन मेरो कुनै भूमिका छैनः सुजाता
नेपालबहस संवाददाता
चैत १६, २०७८ बुधबार १९:१०:३९
१६ चैत, विराटनगर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले १४ औँ महाधिवेशनमा सभापतिमा शेखर कोइरालालाई हराउन आफ्नो कुनै भूमिका नरहेको बताएकी छिन् । उनले आफुलाई अनावश्यक आरोप मात्र लगाइएको बताइन् ।
बुधबार गिरिजाप्रसाद कोइराला फाउण्डेशन मोरङले गरेको पत्रकार सम्मेलनमा नेतृ कोइरालाले पार्टीको १४ औँ महाधिवेशनमा शेखर कोइरालालाई हराउन आफूले कुनै पनि भूमिका नखेलेको बताएकी हुन् ।
सहमतिमै शेखर सभापतिमा लडेको भन्दै नेतृ कोइरालाले आगामी संसदीय निर्वाचनमा मोरङ क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ चुनाव लड्ने पनि घोषणा पनि गरिन् ।
उनले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनबीच गठबन्धन हुने पनि बताइन् । नेतृ कोइरालाले लोकतन्त्रको संरक्षण र राजनीतिक स्थिरताका लागि सत्तामा सहभागी दलबीच गठबन्धन कायम गरी जानुपर्ने आवश्यक्ता रहेको बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार