कांग्रेसले किन गर्यो यति चाँडै क्रियाशील सदस्यता खुला गर्ने निर्णय ?
नेपालबहस संवाददाता
चैत १६, २०७८ बुधबार २१:५५:७
१६ चैत, काठमाडौं । नेपाली कांग्रेसको मंगलबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले क्रियाशील सदस्यता वितरण खुला गरेको छ । विगतका वर्षहरुमा क्रियाशील सदस्यता वितरण विवादित बन्दै आएको थियो भने यसपटक महाधिवेशन सकिएको चार महिना नबित्दै कांग्रेसले क्रियाशील सदस्यता वितरण खुला गरेको हो ।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार केन्द्रीय कार्यसमिति बैठकले आसन्न निर्वाचन समेतलाई लक्षित गर्दै सदस्यता वितरण प्रारम्भ गर्ने निर्णय गरेको हो । महतले विधानको धारा ४ बमोजिम देशव्यापीरुपमा पार्टीको सदस्यता र क्रियाशील सदस्यता वितरण प्रारम्भ गर्ने निर्णय भएको बताएका छन् ।
महाधिवेशनको मुखमा मात्रै सदस्यता वितरण र नवीकरण गर्ने पूरानो अभ्यासलाई तोड्ने प्रयासस्वरुप विधानको व्यवस्थाबमोजिम सदस्यता खुला गर्ने निर्णय भएको महतको भनाई छ । अहिले विधानले समेत सदस्यतासम्बन्धी प्रष्ट व्यवस्था गरेकाले समयमै खला गरिएको उनले बताए ।
कांग्रेस विधानको धारा ४ ले कांग्रेसका दुई खाले सदस्य हुने व्यवस्था अनुसार साधारण सदस्य र क्रियाशील सदस्यको व्यवस्था गरिएको छ । १८ वर्ष उमेर भएका, कांग्रेसको आदर्श, उद्देश्य र विधानमा आस्था भएको व्यक्तिलाई साधारण सदस्यता दिने व्यवस्था छ ।
साधारण सदस्यता प्राप्त गरेको एक वर्ष पूरा भएपछि त्यस्तो व्यक्तिलाई तोकिएको फारम भराई शुल्क लिएर क्रियाशील सदस्यता दिने व्यवस्था विधानमा छ ।
यसअघि क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यतालाई व्यवस्थित गर्न पार्टीले छुट्टै विभाग बनाउनुपर्ने र महाधिवेशनको समयबाहेक सधैँ सदस्यता खुला राख्नुपर्ने सिफारिस गरेको थियो । कांग्रेसले ४ लाख ७० हजार क्रियाशील सदस्यबाट बढाएर ८ लाख ४० हजार १०६ जना क्रियाशील सदस्य पुर्याइएको छ ।
प्रदेशअनुसार प्रदेश एकमा १,७४,८१३, मधेश प्रदेशमा १,००,९९९,बाग्मती प्रदेशमा १,८६,३३५, गण्डकी प्रदेशमा १,१८,१४५, लुम्बिनी प्रदेशमा १,३१,११७, कर्णाली प्रदेशमा ५३,५९६ र सुदुरपश्चिम प्रदेशमा ७५,१०१ क्रियाशील सदस्य रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
पावर प्लेमा जनकपुरको जादु, जनकपुरका दुई खेलाडी भए आऊट
पुष ६, २०८१ शनिबार
एनपीएलको फाइनल खेल हेर्न किर्तिपुरमा नेतादेखि दर्शकसम्मको अपार भीड
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनल हेर्न कांग्रेस सभापति देउवा कीर्तिपुर क्रिकेट मैदानमा
पुष ६, २०८१ शनिबार
अमेरिका र भारतले शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने
पुष ६, २०८१ शनिबार
म्याग्दीको उदाउँदो पर्यटकीय गन्तव्य टोड्के–धौलागिरी पदमार्ग
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार