नेप्से डेढ प्रतिशत बढिका दरले बढ्यो, २ अर्ब २५ करोड कारोबार
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac.jpeg
)
नेपालबहस संवाददाता
चैत १६, २०७८ बुधबार २२:३५:१५
![](https://nepalbahas.prixacdn.net/media/albums/share-1_wfzLMCQs74.jpg)
१६ चैत, काठमाडौं । नेप्से परिसूचक ४० दशलमव ६८ अंक बढेर २ हजार ५६८ दशमलव २५ विन्दुमा पुगेको छ ।
यो दिन कारोबारमा आएका २३२ कम्पनीको ४५ लाख २ हजार ५११ कित्ता शेयरको ३६ हजार ११ पटकमा २ अर्ब २५ करोड बराबरको शेयर खरीदविक्री भएको हो ।
यो दिन कारोबारमा आएका ती धितोपत्रमध्ये चार कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । इमर्जिङ्ग नेपालको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि र नेपाल राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।
यो दिन इमर्जिङ्ग नेपालको शेयरमूल्य प्रतिकित्ता १ हजार ११३ दशमलव ५०,नेपाल राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको १ हजार १९९ दशमलव ६० र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको ९५९ दशलमव ८० पुगेको छ ।
त्यसैगरी बुधवार ९.५ एनसीसी डिबेञ्चर २०८६ नामक ऋणपत्रको मूल्य २ प्रतिशत घटेर ९२१ दशमलव २० कायम भएको छ । दोस्रोमा युनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य १ दशलमव ९५ प्रतिशत घटेर १९ हजार २ कायम भएको हो ।
बुधवार सर्वाधिक शेयर खरीदविक्री सिद्धार्थ इन्स्योरेन्स कम्पनीको भएको छ । कम्पनीको ११ करोड २७ लाख बराबरको शेयर खरीदविक्री भएको हो । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार २५ कायम भएको छ ।
यस कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार रहेकाले पनि सर्वाधिक शेयर खरीदविक्री भएको हो । कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १७ गते बुक क्लोज गरेको थियो ।
यो दिन सर्वाधिक शेयर खरीदविक्री गर्ने दोस्रोमा प्रभु इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीको संस्थापकतर्फको १० करोड ९२ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कारोबारमा आएका १३ ओटै समूहकै परिसूचक बढेसँगै समग्र नेप्से परिसूचक बढेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
चन्द्रागिरि नगपालिकाले गरेका असल अभ्यास अनुकरणीय छन् : विश्व बैंक निर्देशक भर्गीस
फागुन ५, २०८१ सोमबार
काठमाडौं बन्यो विश्वकै चौथो प्रदूषित शहर, दिल्ली शीर्ष स्थानमा
फागुन ५, २०८१ सोमबार
विपन्न महिलालाई अनुदानमा सिलाइ मेसिन वितरण
फागुन ५, २०८१ सोमबार
बारामा सुधार केन्द्रभित्रै कुटपिट गरी एक युवाको हत्या
फागुन ५, २०८१ सोमबार
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताः नेपाल र किर्गिस्तान खेल्दै
फागुन ५, २०८१ सोमबार