प्रहरीका जवानको पेन्सन अवधि घटाउन गृहको प्रस्ताव
नेपालबहस संवाददाता
चैत १६, २०७८ बुधबार २३:३:५८
१६ चैत, काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानको पेन्सन अवधि घटाउने प्रस्ताव गृह मन्त्रालयले अघि बढाएको छ । दुवै सुरक्षा संगठनमा प्रहरी जवानदेखि वरिष्ठ हवल्दारसम्मको पेन्सन अवधि घटाएर १६ वर्ष बनाउने प्रस्ताव गृहमन्त्री बालकृष्ण खाँणले अर्थ मन्त्रालयमा पठाएका छन् ।
प्रहरी कार्यालय सहयोगीको पनि पेन्सन अवधि १६ वर्ष बनाउने भनिएको छ । यसका लागि प्रहरी नियमावलीको निमय १३१ मा संशोधन गर्ने तयारी छ । गृह मन्त्रालयका अधिकारीहरुका अनुसार प्रस्तावमा १६ वर्ष अवधि पूरा भएपछि राजीनामा दिएर जान पाइए पनि पेन्सन चाहिँ २० वर्ष पुगेपछि मात्रै पाइने उल्लेख छ । नेपाली सेनाले पनि यही प्रावधान राखेर सैनिक जवानहरुको पेन्सन अवधि घटाएको थियो ।
विगतमा पनि पटकपटक जवानहरुको पेन्सन अवधि घटाउन माग हुँदै आएपछि आर्थिक भार बढ्ने भन्दै अर्थ मन्त्रालयले रोक लगाउने गरेको थियो । तर अहिले गरिएको प्रस्ताव मध्यमार्गी विकल्प भएकाले अस्वीकृत नहुने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
अर्थमा पठाइएको प्रस्ताव अनुसार प्रहरी निरीक्षकदेखि महानिरीक्षकसम्म २० वर्ष र प्रहरी सहायक निरीक्षकदेखि प्रहरी वरिष्ठ नायब निरीक्षकसम्म १८ वर्षमा निवृत्तिभरण पाउने व्यवस्था गर्ने भनिएको छ । सशस्त्र प्रहरीमा पनि नेपाल प्रहरीको जस्तै प्रस्ताव गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
पावर प्लेमा जनकपुरको जादु, जनकपुरका दुई खेलाडी भए आऊट
पुष ६, २०८१ शनिबार
एनपीएलको फाइनल खेल हेर्न किर्तिपुरमा नेतादेखि दर्शकसम्मको अपार भीड
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनल हेर्न कांग्रेस सभापति देउवा कीर्तिपुर क्रिकेट मैदानमा
पुष ६, २०८१ शनिबार
अमेरिका र भारतले शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने
पुष ६, २०८१ शनिबार
म्याग्दीको उदाउँदो पर्यटकीय गन्तव्य टोड्के–धौलागिरी पदमार्ग
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार