‘खल्ती’ ले खोज्दै ‘खल्ती लेख स्टार’, ५० हजार जित्ने मौका
नेपालबहस संवाददाता
चैत १६, २०७८ बुधबार २३:२९:३८
१६ चैत, काठमाडौं । खल्ती डिजिटल वालेट ‘खल्ती लेख(स्टार’ को खोजीमा हिँडेको छ जस् अन्तर्गत ३ जनाले ५० हजार, २५ हजार र २५ हजार जित्न सक्नेछन्।
‘खल्ती लेख-स्टार’ बन्न जो कोहिले खल्ती शब्दको अर्थ ९वालेट र पकेट० खुल्ने गरि नेपाली भाषामा विभिन्न लेख रचना गरि पोस्ट गरि ‘खल्ती’ लाई पठाउनु पर्नेछ।
इच्छुक व्यक्तिले आफ्नो कला पन्स्, पन्चलाईन, टंग ट्वीस्टर,कविता, उखान टुक्का, ट्याग लाइन्स , र्याप आदि मार्फत् सोसल मिडिया मा प्रस्तुत गरी हयासट्याग खल्ती लेखस्टार राखी आफ्नो फेसबुक, इन्स्टाग्राम, ट्विटर, युटुब या टिकटकमा सेयर गर्नुपर्नेछ।
पोस्ट गरे पश्चात आफ्नो पोस्टको लिंक ‘खल्ती’ ले प्रदान गरेको फारममा सम्पूर्ण विवरण सहित पठाई यस प्रतियोगितामा सहभागी हुन पाइनेछ। यो प्रतियोगिता चैत्र १५, २०७८ देखि बैशाख १४, २०७९ सम्म लागु हुनेछ।
यसका साथै ३ जना बिजेताले खल्तीको भिडियोमा प्रस्तुत हुने मौका पाउनेछन्।
यस क्याम्पेनका बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने,‘‘खल्ती’ शब्द आफैमा हरेक व्यक्तिको दैनिक जीवनसँग आबद्द शब्द भइसकेको छ। यस कुरालाई मध्यनजर गर्दै ‘खल्ती लेख-स्टार’ मार्फत विभिन्न लेख प्रतिभाहरुलाई हौशला दिने उद्देश्यले यो योजना ल्याएका छौ। यस प्रतियोगितामा आबद्ध हुने सबै आह्वान गर्छु।’
‘खल्ती’ नेपालको फिनटेक उद्योगमा आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डको रूपमा स्थापित भएको छ। २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाइन सपिङ्ग साईटमा भुक्तानी गरि ६हजार सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
एफवान सफ्ट ग्रुप द्वारा "फोनपोईन्ट्स" नामक नयाँ कम्पनीको सुरुवात
पुष २६, २०८० बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार