मंगलम सिपिभिसि प्लस पाइपलाई नेपाल गुणस्तर चिन्ह
नेपालबहस संवाददाता
चैत १६, २०७८ बुधबार २३:३५:८
१६ चैत, काठमाडौं । मङ्गलम इण्डस्ट्रिजबाट उत्पादित सीपीभीसी प्लस पाइपले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ । यसका एस्डिआर ११ (१५ र ५० मिमि) र एस्डिआर १३.५ (२० र ५० मिमि)लाई नेपाल गुणस्तर चिन्ह ५७० प्रदान गरिएको हो ।
बजारमा लामो समयदेखि गुणस्तरीय उत्पादन दिइरहेको मङ्गलमको PVC र HDPE पाइपले भने पहिले देखि नै नेपाल गुणस्तर मान्यता पाइसकेका छन् । गुणस्तर तथा नापतौल बिभागले विभिन्न नेपाली उत्पादनहरुलाई गुणस्तरको मानकको रुपमा यो चिन्ह प्रदान गर्दै आएको छ ।
नेपाल गुणस्तर चिन्ह अन्तरराष्ट्रिय मान्यता प्राप्त छ र यो चिन्ह पाएका उत्पादनहरु गुणस्तरीय र नेपाली बजारमा बिक्रि योग्य मानिन्छन् । मंगलम इण्डस्ट्रिजका उपाध्यक्ष प्रदिप शुक्लाले भने, “हाम्रो सी.पी.भी.सी प्लसले नेपाल गुणस्तर चिन्ह पाएको जानकारी गराउन पाउँदा हामी अत्यन्तै उत्साहित छौँ ।
उत्पादन प्रक्रियामा सबै मापदण्ड पुर्याएका, गुणस्तरीय र सुरक्षित उत्पादनहरुलाई गुणस्तर विभागले यो चिन्ह प्रदान गर्दै आइरहेको छ । यो हाम्रो लागि उल्लेखनीय उपलब्धि हो । साथै यसले हामीलाई भविष्यमा अझै गुणस्तरीय उत्पादन गर्न पनि हौसला दिएको छ ।”
नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम् इन्डस्ट्रिजले निर्माण कार्यमा आवश्यक पाइप्स र फिटिङ्सहरु नेपालमै उत्पादन गर्दै आइरहेको छ । मंगलम्को हरेक उत्पादनहरु उच्च गुणस्तरीय जापानीज कच्चा पदार्थबाट अत्याधुनिक प्रविधिको प्रयोग गरी बनाइन्छन् । मंगलम्को यी उत्पादनहरु प्लम्बिङ पेशामा लागेका अनुभवी पेशाकर्मीहरुको साथै घर–धनीहरु र निर्माण व्यवसायीहरुको पहिलो र विश्वसनीय रोजाइ हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार