सरकारका विषयमा देउवा र ठाकुरबीच छलफल हुँदै
नेपालबहस संवाददाता
चैत १६, २०७८ बुधबार २३:४३:५६
१६ चैत, काठमाडौं । सरकारमा सहभागि हुने लगायतका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरबीच छलफल हुने भएको छ । बुधबार साँझ सरकारमा लोसपाको सहभागिताको विषयमा ठाकुरले देउवासँग छलफल गर्न लागेका हुन् ।
स्थानीय तहको चुनाव अघि नै लोसपालाई सरकारमा ल्याउने प्रधानमन्त्री देउवाको तयारी रहेपनि लोसपाले चारवटा मन्त्रालय माग गरेको छ । प्रधानमन्त्री देउवाले दुईटा मन्त्रालय दिने बताएका छन् ।
अहिले प्रधानमन्त्री देउवासँग दुईटा मन्त्रालय खाली पनि छन् । देउवाले आजको छलफलपछि लोसपालाई सरकारमा ल्याउने विषयमा गठबन्धनका नेताहरुसँग छलफल गर्ने बताइएको छ ।
गठबन्धनमा सहमति भए प्रधानमन्त्री देउवाले भारत भ्रमणमा जानुअघि पनि लोसपाका मन्त्रीहरुलाई शपथ खुवाउन तयारी गरको बताइन्छ । यस विषयमा आजको भेटघाटमा केही टुंगो लाग्ने जसपाका एक कार्यकारिणी सदस्यले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने केन्द्रीय बैंकको प्रक्षेपण
पुष ६, २०८१ शनिबार
पावर प्लेमा जनकपुरको जादु, जनकपुरका दुई खेलाडी भए आऊट
पुष ६, २०८१ शनिबार
एनपीएलको फाइनल खेल हेर्न किर्तिपुरमा नेतादेखि दर्शकसम्मको अपार भीड
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनल हेर्न कांग्रेस सभापति देउवा कीर्तिपुर क्रिकेट मैदानमा
पुष ६, २०८१ शनिबार
अमेरिका र भारतले शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने
पुष ६, २०८१ शनिबार