एमेच्योर सुभाषलाई वेस्टर्न अोपनमा अग्रता
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac.jpeg
)
नेपालबहस संवाददाता
चैत १६, २०७८ बुधबार २३:४४:३९
![](https://nepalbahas.prixacdn.net/media/albums/image-1_a65K3WZQbn.jpg)
१६ चैत, काठमाडौं । सुर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गत सिजनको पाँचौं इभेन्ट सुर्य नेपाल वेस्टर्न अोपनको पहिलो दिन १३ अौं सागको दोहोरो स्वर्णविजेता एमेच्योर सुभाष तामाङले अग्रता लिएका छन् ।
हिमालयन गल्फ कोर्स, पोखरामा सुभाष पहिलो दिन २ अन्डर ६६ स्कोरका साथ शीर्षस्थानमा रहेका छन् । दोस्रो स्थानका जयरामश्रेष्ठले इभन पार ६८ स्कोर बनाए । स्थानिय एमेच्योर अजित विक र व्यावसायिक गल्फर रमेश अधिकारी १ अोभर ६९ स्कोरसाथसंयुक्त तेस्रो स्थानमा छन् ।
रामे मगर २ अोभर ७० स्कोरका साथ पाँचौ स्थानमा छन् । दिनेश प्रजापति, निरज तामाङ र धनबहादुर थापा ३ अोभर ७१ स्कोरका साथसंयुक्त छैटौं तथा भुवन नगरकोटी र रवि खड्का ४ अोभर ७२ स्कोर जोड्दै शीर्ष १० स्थानमा छन् । भुवनले सातौं होलमा होल इन वनप्रहार गरेपनि अन्तिम होलमा क्वाड्रपल बोगी खेप्न पुगे ।
शीर्षस्थानका एमेच्योर सुभाषले तेस्रो, पाँचौं, छैटौं, १३ अौं र १६अौं होलमा बर्डि प्रहार गरे । उनले नवौं होलमा डबल बोगी र १० अौंहोलमा बोगी खेपे ।
प्रोफेसनल गल्फर्स संघ नेपालको आयोजना र सुर्य नेपाल प्रालिको प्रायोजनमा हुने प्रतियोगिता ३० मार्चदेखि १ अप्रिलसम्म हुनेछ । ५४ होलको प्रतियोगितामा २५ व्यावसायिक र १४एमेच्योर खेलाडीको सहभागिता रहनेछ । इभेन्टको अन्तिम दिन २ अप्रिल शनिबारप्रोएम इभेन्ट हुनेछ । नेपालभरका व्यावसायिक गल्फरले मनमोहक दृश्यसहितको गल्फ कोर्समा प्रतिस्पर्धा गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताः नेपाल र किर्गिस्तान खेल्दै
फागुन ५, २०८१ सोमबार
आहा रारा गोल्डकपको उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्सले चुम्यो
फागुन ३, २०८१ शनिबार
अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा कन्काई विजयी
फागुन २, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
विपन्न महिलालाई अनुदानमा सिलाइ मेसिन वितरण
फागुन ५, २०८१ सोमबार
बारामा सुधार केन्द्रभित्रै कुटपिट गरी एक युवाको हत्या
फागुन ५, २०८१ सोमबार
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताः नेपाल र किर्गिस्तान खेल्दै
फागुन ५, २०८१ सोमबार
वित्तीय सुशासन जोखिम मूल्यांकन : दोधारा चाँदनी नगरपालिका नतिजाविहीन
फागुन ५, २०८१ सोमबार
आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
फागुन ५, २०८१ सोमबार
खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति
फागुन ५, २०८१ सोमबार