सत्तारुढ दलबीच महानगर र उपमहानगरको तालमेलबारे आज छलफल हुँदै
नेपालबहस संवाददाता
चैत १७, २०७८ बिहिबार १२:३३:५२
१७ चैत, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार चुनावी तालमेल गर्ने नीतिगत निर्णय गरेपछि यसबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे १० बजे बस्ने बैठकले खासगरी महानगर र उपमहानगरको तालमेलको मोडालिटीका विषयमा छलफल गर्ने बताइएको छ ।
बैठकमा सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरु उपस्थित हुनेछन् । नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले स्थानीय, प्रदेश र संघ गरी तीनै वटै तहका चुनावमा गठबन्धन गर्ने भने पनि त्यसबारेमा कांग्रेस भित्र विवाद छ ।
कांग्रेस नेताहरुले ठूला महानगर र उपमहानगर नछाड्न देउवालाई दवाव दिइरहेका छन् । कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्ष चुनावी गठबन्धनको पक्षमा देखिए पनि शेखर कोइराला पक्षले भने कांग्रेसले गठबन्धन नगरी एक्लै चुनाव लड्नु पर्ने अडान कायमै राखेको छ ।
कांग्रेसभित्र महत्वपूर्ण मानिएका महानगर अरुलाई दिन नहुने आवाज पनि उठिरहेको छ । गएको स्थानीय तहको निर्वाचन देखिनै विवाद र चर्चामा रहेको भरतपुर महानगरमा माओवादीले यसपटक पनि दावी रहने बताएको छ ।
कांग्रेस संस्थापनइतर समूहसहित संस्थापन पक्षकै कतिपय नेताहरु भरतपुर महानगर कुनै पनि हालतमा छोड्न नहुने पक्षमा रहेकाले यस विषयमा सभापति देउवालाई एक्लै निर्णय लिन सहज देखिएको छैन् ।
झापा, मोरङ चितवन, कास्की, काठमाडौं र ललितपुर लगायतका जिल्लाका ठूला महानगर र नगरपालिकामा कांग्रेसले दावी नछाड्ने नेताहरु बताउँछन् । उता, एकिकृत समाजवादीले पहिले एमालेले जितेका महानगर र उपमहानगर मागिरहेको छ भने भरतपुर बाहेकमा सहमति गरेर जाने माओवादीको नीति छ ।
आजको बैठकमा यीबाहेक गाउँपालिका र वडासम्मको मेडालिटीमा छलफल हुने बताइएको छ । तालमेलकै विषयमा गठबन्धनबीच औपचारिक रुपमा पहिलो पटक आज छलफल हुन लागेको हो । सबैका आ-आफ्नै अडान र माग रहेकाले गठबन्धन दलबीच सहजै सहमति हुने सम्भावना भने कम देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
पुष १६, २०८१ मंगलबार
‘कानुन निर्माणले मात्रै बालविवाह अन्त्य नहुने’
पुष १६, २०८१ मंगलबार
भौतिक विकास मात्र होइन, आध्यात्मिक ज्ञानलाई महत्त्व दिनुपर्छ : उपप्रधानमन्त्री सिंह
पुष १६, २०८१ मंगलबार
एकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
पुष १६, २०८१ मंगलबार
फास्ट ट्र्याक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने
पुष १६, २०८१ मंगलबार
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पुष १६, २०८१ मंगलबार
‘कानुन निर्माणले मात्रै बालविवाह अन्त्य नहुने’
पुष १६, २०८१ मंगलबार