आईपीएल क्रिकेटमा बैंग्लोरद्वारा कोलकाता पराजित
नेपालबहस संवाददाता
चैत १७, २०७८ बिहिबार १२:५५:५०
चैत १७ एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले पहिलो जित हात पारेको छ ।बुधबार राति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सलाई ३ विकेटले हराउँदै बैंग्लोरले पहिलो जित निकालेको हो ।
१ सय २९ रनको विजयी लक्ष्य बैंग्लोरले १९.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो। बैंग्लोरको जितमा शेर्फान रदरफोर्डले सर्वाधिक २८ रनको योगदान दिए भने शहबाद अहमदले २७ रन जोडे। कोलकाता टिम साउदीले ३ विकेट लिए भने उमेश यादवले २ विकेट लिए ।
त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङ थालेको कोलकाता १८.५ ओभरमा १ सय २८ रनमा समेटिएको थियो। कोलकाताका आन्द्रे रसेलले सर्वाधिक २५ रन बनाए । अन्य कुनैपनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।
वानिन्दु हसरंगाले ४ विकेट लिए भने हर्षल पटेलले २ विकेट लिए । आकाश दीपले ३ विकेट लिँदा मोहम्मद शिराजको नाममा १ विकेट रह्यो । बैंग्लोर पहिलो खेलमा पन्जाब किंग्ससँग ५ विकेटले पराजित भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
जनकपुरलाई काठमाडौंले दियो १०२ रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, पाँच खेलमा किंग्सको दोस्रो पराजय
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार