त्रिदेशीय टी–ट्वेण्टी शृङ्खलामा नेपालले आज पीएनजीसँग खेल्दै
नेपालबहस संवाददाता
चैत १७, २०७८ बिहिबार १३:२९:५३
१७ चैत काठमाडौं । त्रिदेशीय टी–ट्वेण्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले आज पपुवा न्यूगिनी पीएनजीसँग खेल्दैछ ।
नेपाल र पीएनजीले आज आफ्नो तेस्रो खेल खेल्न लागेका हुन् । खेल दिउँसो साढे १२ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । पीएनजीसँग खेल्दा आज नेपालको ५० औं टी–ट्वान्टी अन्तर्राष्ट्रिय हुनेछ । नेपालले अहिलेसम्म खेलेका ४९ टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा २७ खेलमा जित निकालेको छ भने २१ खेलमा पराजित र एक खेल नतिजा विहीन भएको छ ।
यसअघि हिजो भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले र सोमबार भएको पहिलो खेलमा पीएनजीलाई १५ रनले हराएको थियो । लगातार दोस्रो जितसँगै नेपाल चार अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ र फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । नेपालले चौथो खेल आउँदो शनिवार फेरि मलेसियासँग खेल्नेछ ।
अस्ति भएको खेलमा मलेसियाले पीएनजीलाई ८ रनले हराएको थियो । मलेसियाको दुई अंक रहेको छ । भोलि मलेसिया र पीएनजी खेल्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
जनकपुरलाई काठमाडौंले दियो १०२ रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, पाँच खेलमा किंग्सको दोस्रो पराजय
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार