समितिले सिफारिस गरेका तीन डीआईजीलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय
नेपालबहस संवाददाता
चैत १७, २०७८ बिहिबार १६:४१:२०
१७ चैत, काठमाडौं । सरकारले नेपाल प्रहरीका तीनजना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ ।
आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजीहरू वसन्त पन्त, रवीन्द्र धानुक र धीरजप्रताप सिंहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
सिफरिसविरुद्ध लोक सेवा आयोगमा उजुरी परेपछि नियुक्तिमा ढिलाइ भएको थियो । तर आयोगले बढुवा गरेको सिफारिसलाई सदर गरेको भोलिपल्ट बसेको मन्त्रिपरिषद बैठकले बढुवाको निर्णय गरेको हो ।
बैठकले यौन हिंसाविरुद्धको अध्यादेश जारी गर्ने, तेजाब आक्रमणविरुद्धको अध्यादेश जारी गर्ने निर्णय पनि गरेको छ । यौन हिंसा र एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो । सरकारले सिफारिस गरेपछि यी अध्यादेश राष्ट्रपतिबाट जारी हुनेछन् ।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका यी दुई अध्यादेश केही समयअघि निष्कृय भएका थिए । अध्यादेश निष्कृय भएपछि यौन हिंसामा परेका र तेजाव आक्रमणमा परेका पीडितले न्याय पाउनबाट बञ्चित भएका छन् । बैठकले गोरखापत्र दैनिकको महाप्रबन्धकमा लाल ऐरीलाई नियुक्त गर्ने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार