श्रीलंकाको जस्तो आर्थिक संकटको अवस्थामा नेपाल जाँदैनः प्रचण्ड
नेपालबहस संवाददाता
चैत १७, २०७८ बिहिबार १७:२७:३४
१७ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश श्रीलंकाको जस्तो आर्थिक संकटमा जाने अवस्थामा नरहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा सम्बोधन गर्दै अर्थतन्त्रलाई दुर्घटनामा जानबाट रोक्न विशेष योजना ल्याउन लागेको बताए ।
‘अर्थतन्त्रलाई दुर्घटनामा जानबाट रोक्न हामी छलफल गरेर योजना ल्याउँदैछौं,’ पूर्वप्रधामन्त्री समेत रहेका प्रचण्डले भने, ‘श्रीलंकाको जस्तो अवस्थामा नेपाल जाँदैन ।’ उनले समयमै उपाय खोज्नुपर्ने बताए ।
प्रचण्डले चुनावमा गठबन्धन बनाएर जानेमा प्रष्ट भएको बताए । उनले भने, ‘चुनावमा हामी गठबन्धन बनाएर जानेमा द्वुविधा छैन, मिलेर जान्छौं ।’
माओवादीले देशको संकटमोचनमा जहिले पनि मुख्य भूमिका खेलेको भन्दै अप्ठ्यारो चुनौतीलाई पार लगाउन पछि नपर्ने बताए । तर, माओवादीलाई स्वीकार्न पनि नसक्ने विचित्रको अवस्था रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार
१८ अर्ब ६६ करोडको प्रतिबद्धता आएकोमा ५ अर्ब ७६ करोड मात्र भित्रियो एफडीआई
पुष १, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार