ढुक्क हुनुहोस, गठबन्धन कायमै राखेर चुनाव स्वतन्त्र र निष्पक्ष गराउँछुः प्रधानमन्त्री देउवा
नेपालबहस संवाददाता
चैत १७, २०७८ बिहिबार १७:४४:२
१७ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा गठबन्धन एकतावद्ध भएर बढ्ने बताएका छन् । उनले गठबन्धनलाई कायमै राखेर आगामी तीनै तहको निर्वाचन सम्पन्न गराउने बताए ।
बिहीबार रिपोर्टर्स क्लबले राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धन पछिसम्म एकतावद्ध भएर जाने बताए । देउवाले स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र र विवादरहित ढंगले सम्पन्न गराउन आफु प्रतिबद्ध रहेको बताए ।
उनले भने,‘म यो गठबन्धनलार्य कायम राखेर निष्पक्ष रुपमा चुनाव सम्पन्न गराउँछु तपाइहरु ढुक्क हुनुहोस ।’ देउवाले गठबन्धनका सबैको सहयोगमा आफु प्रधानमन्त्री बनेको बताए ।
चुनावमा पनि गठबन्धन एकतावद्ध भएर अगाडि बढने र सबै अप्ठ्याराहरुलाई छिचोल्दै अगाडि बढेर भविष्यमा पनि समस्याको समाधान गरेर देखाउने बताए ।
चुनावलाई स्वतन्त्र र भयरहित बनाउन आफू गम्भीर भएर लागेको बताए । सफल र स्वतन्त्र चुनावका लागि मिडियाको भूमिका महत्वपूर्ण हुने भन्दै साथ र सहयोगको आग्रह गरे ।
देउवाले मिडियामा मिथ्या र भ्रामक समाचारहरुप्रति गम्भीर हुनुपर्ने बताए । उनले मिडियाले आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका निभाएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने समितिको निर्णय
पुष ७, २०८१ आइतबार