मूल्य र मान्यताविपरित बनेको सत्ता गठबन्धनको के चर्चा गर्नूः नेम्वाङ
नेपालबहस संवाददाता
चैत १७, २०७८ बिहिबार १७:५३:५६
१७ चैत, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सत्ता गठबन्धन मूल्य र मान्यतामा आधारित भएर नबनेको टिप्पणी गरेका छन् । उनले भविष्यमा बन्न लागेको चुनावी गठबन्धनको मूल्य मान्यतामाथि पनि प्रश्न गरे ।
‘गठबन्धनका कुराहरु आउँछन् । मूल्य र मान्यतामा आधारित गठबन्धन हुनुपर्छ भन्ने हो,’ रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्वसमा सम्बोधन गर्दै पूर्व सभामुख समेत रहेका नेता नेम्वाङले भने, ‘गठबन्धन मूल्य र मान्यता अनुसार भएन भने सम्बन्धितले दुःख पाउनुहुन्छ ।’
नेम्वाङले दलहरुबीच समझदारीमा जोड दिए । सहमति र समझदारीबाट संविधान निर्माण गरेकोले यसलाई यताहुने नहुने मान्यताका साथ अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘दलहरु अप्ठ्यारोमा पर्दा एक ठाउँमा बस्नुपर्छ प्रतिष्पर्धाका बाबजुद मिलेर अगाडि बढ्नुपर्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार